• भदौ ५, अछाम । अछाममा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाईते भएका छन् ।रामारोशन गाउँपालिका ३ मुजाबगरबाट जयगढ जाँदै गरेको से १ ज ९९५ नम्बरको जिप बान्नगढी जयगढ गाउँपालिका वडा नम्बर ७ दर्ना चोरमारेमा दुर्घटना हुँदा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनका अशोक परियारको घटनास्थलमै मृत्यु भएको हो l कालुसिंह आउजी र डिलासैनी गाउँपालिका ३ बैतडीका लालबहादुर बोहराको बयालपाटा अस्पतालमाउपचारको क्रममा मृत्यु भएको प्रहरील जनाएको छ ।

    राति करिब साढे ८ बजेतिर भएको दुर्घटनामा परि जिप चालक कैलाली घोडाघोडी नगरपालिका ७ किर्तिपुर बस्ने जनजिर चौधरी, बान्नीगढी जयगढ गाउँपालिका वडा नं. ४ तिमिल्सेन अछामका तर्कराज तिमिल्सेना र कैलाली धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी घाइते भएका छन् ।

    प्रहरीका अनुसार जिप सडकबाट ८ सय मिटर तल खसेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…