• काठमाडौं, १५ भदौ । पुर्वराजा ज्ञानेन्द्र शाह करिव एक महिनादेखि थाइल्याण्डमा छन् । पारिवारिक घुमघामका लागि भन्दै पूर्वराजा शाह गत साउन २४ गते थाइल्याण्ड गएका थिए ।

    तर, त्यहा उनको तीन सातासम्मको बसाई र भ्रमण पूर्णरुपले राजनीतिक उद्देश्यबाट निर्देशित रहेको स्रोतहरु बताउँछन् । उनीसंग भारत, चीनसँगै पश्चिमा कूटनीतिज्ञहरूले बेग्लाबेग्लै भेटवार्ता गरेका स्रोतहरु बताउँछन् ।

    भारतका कतिपय हिन्दूवादी संगठनहरूले भने नेपालमा आफ्नो क्रियाकलापलाई औपचारिक र अनौपचारिक रूपमा बढाइराखेका छन् ।

    पूर्वराजा ज्ञानेन्द्रको बैंकक भ्रमण र भारतका हिन्दूवादी संगठनहरूले सञ्चालन गरिराखेको गतिविधिलाई ध्यानमा राखेर नै यस सम्बन्धमा प्राप्त सूचनाको आधारमा प्रधानमन्त्री केपी ओलीले २०७६ भदौ ३ गते मंगलबार प्रधानमन्त्री निवासमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूको बैठक राखेर गणतन्त्र संकटमा पर्न थालेको जानकारी दिँदै चिन्ता ब्यक्त गरेका थिए ।

    संकटमा पर्न थालेको गणतन्त्रलाई जोगाउन संविधान निर्माणमा सक्रिय र सहभागी रहेका सबै राजनीतिक दलहरू एक ठाउँमा आउन प्रधानमन्त्री केपी ओलीले आग्रह गरेका थिए ।

    राजावादीहरूको गतिविधि लगभग शून्य भइराखेको अवस्थामा प्रधानमन्त्री ओलीबाट गणतन्त्र संकटमा पर्न थाल्यो भन्ने चेतावनीलाई लिएर धेरै राजनीतिक व्यक्तिले आश्चर्य पनि मानेका थिए ।

    तर, प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्र र निकायबाट आफूलाई प्राप्त सूचनाकै आधारमा उक्त चिन्ता राष्ट्रिय दलका नेताहरूको बैठकमा व्यक्त गरेका थिए ।

    पूर्व राजाको बैंकक बसाई लम्बिनु र त्यतैबाट नयाँ दिल्ली भ्रमण पनि हुनसक्ने सम्भावना रहेको चर्चासँगै नेपालको खासगरेर तराई क्षेत्रमा भारतीय जनता पार्टी निकट हिन्दू संगठनहरूको गतिविधि बढ्नुले गणतन्त्र संकटमा पर्न थालेको निष्कर्ष सरकारको रहेको हो भन्ने विश्लेषण गरिएको छ । अभियान टाइम्सका साथमा ।




सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…