• एजेन्सी । विश्वकै प्रतिष्ठित कम्पनी माइक्रोसफ्टका मालिक तथा विश्वकै धनि व्यक्ति मध्येका एक हुन् बिल गेट्स । उनको ब्यापारको बारेमा त हामीले थुपै खबरहरु सुन्दै आइरहेका छौं । तर, आज हामी उनको निजी जीवनको बारेमा चर्चा गर्दैछौं ।मेलिन्डा गेट्स बिल गेट्सकी पत्नी हुन् । उनीहरुले बिहे गरेको पनि २५ वर्ष भइसकेको छ । यि दम्पत्ती विगत २५ वर्षदेखि हरेक राति भाँडा माझ्दै आइरहेका छन् ।

    धेरैले सोच्छन् धनि व्यक्तिहरुको जीवनल निकै तामझामका साथ बित्छ । उनीहरुले केही काम गर्दैनन् । घरमा काम गर्नेहरु प्रशस्तै हुन्छन् । प्रशस्तै आराम मिल्छ भन्नेहरुको लागि यो जोडी यस्तो उदाहरण बनेको छ । जसले आम मानिसले झै साधरण जीवन बिताएका छन् । उनीहरु प्रायः आफ्नो खाना आफै बनाउँछन् अनि सँगै भाँडा माझ्छन् ।

    मेलिन्डा पति पत्नीको काम बाँडफाँड गरेर गर्नुपर्ने कुरामा विश्वास गर्छिन् । यसले परिवारमा खुसी छाउने उनको भनाई छ । सन् १९८७ मा मेलिन्डा बिल गेट्सकै कम्पनी माइक्रोसफ्टमा काम गर्दा उनीहरुको भेट भएको थियो । काम गर्दा गर्दै नजिक भएका उनीहरुले सन् १९९४ मा बिहे गरेका थिए ।

    ‘मायाको नाकाबन्दी नामक गीतिसङ्ग्रह’ विमोचन
    गीतकार रत्नशम्शेर थापाले वरिष्ठ महिला गीतकार आचार्य प्रभाको ‘मायाको नाकाबन्दी नामक गीतिसङ्ग्रह’को आज विमोचन गर्नुभएको छ ।

    सो गीतिसङ्ग्रहमा मानवीय समवेदना तथा जीवनपद्धतिसँग जोडिएका ८४ गीत रहेका छन् ।

    सो अवसरमा गीतकार थापाले गीतको रचना गर्नु कविता लेखनभन्दा निकै जटिल रहेको उल्लेख गर्दै स्रोतालाई केन्द्रित गरेर गीत रचनाको लेखनबाट मात्र स्रष्टा सफल हुने बताउनुभयो ।

    “प्रभाको गीति लेखनमा विविधता र रङ्ग छ, यो साहित्यको एक अभिन्न अङ्ग हो”, उहाँले भन्नुभयो ।

    प्राज्ञ माया ठकुरीले मुलुक साङ्गीतिक पथमा लम्किरहेको र महिलाको पनि सहभागिता बढदै गएको बताउनुभयो ।

    समीक्षक प्रकाश सायमीले नेपालमा पनि म्युजिकको ट्र्याकमा गीत लेख्न थालेको बताउँदै यसअघि भारतमा मात्र म्युजिकको ट्र्याकमा गीत लेख्ने चलन थियो भन्नुभयो ।

    गीतकार सङ्घ नेपालका अध्यक्ष चुदामणि देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार दिनेश अधिकारी, राजेन्द्र थापालगायतले गीत लेख्नका विविध पक्षमाथि प्रकाश पार्नुभय

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…