• काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार (आज)देखि विद्युतीय बस सेवा सुरु हुने भएको छ । एक दशकअघि सरकारी स्वामित्वमा ट्रली बस सेवा सञ्चालन हुने गरेकोमा हाल बन्द छ । अब भने निजी क्षेत्रबाट पहिलोपटक विद्युतीय चार्जमार्फत सार्वजनिक बस सेवा सुरु हुन लागेको हो ।

    सुन्दर यातायात प्रालिले पहिलो चरणमा दुईवटा विद्युतीय बसबाट रिङरोडमा सेवा दिने भएको हो । कम्पनीले तत्काल नै सातवटा बसमार्फत सेवा सुरु गर्ने जनाएको छ ।

    प्रालिले चीनबाट १८ वटा लामा आकारका विद्युतीय बस भिœयाउने योजना बनाएको छ । कम्पनीले वर्षभरिमा २५ वटा बस काठमाडौंमा सञ्चालन गर्नका लागि ल्याइने योजना रहेको जनाएको छ ।

    सुन्दरले ल्याउने बस ४० सिट क्षमता सम्मका छन् । कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी तीन किसिमका बस ल्याउनेछ । कम्पनीका अनुसार बसमा नै आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । त्यसबाट यात्रुले कार्ड राखेर आफ्नो तोकिएको भाडा भुक्तानी गर्न सक्नेछन् । गाडीमा सीसी क्यामरा, जीपीएस, ह्यांगरलगायतको सुविधा रहनेछ । नेपालमा चल्ने बस यहाँको सडकमैत्री बनाइएको छ । नेपालका लागि ल्याइएको बसमा छुट्टै प्राविधिक डिजाइन गरिएको हो ।

    खाल्डाखुल्डीमा अगाडि नठोक्कियोस् भनेर नेपाल आउने बसलाई छुट्टै तवरले डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । काठमाडौंमा लामो समय बस एकै स्थानमा ‘होल्ड’ गरेर चार्ज गर्न नसकिने अवस्था भएकाले कम्पनीले सुपर फास्ट चार्जिङ मेसिन पनि ल्याउन लागेको जनाएको छ ।

    विद्युतीय बस वातावरणमैत्री हुन्छन् । बसले कुनै प्रकारको इन्धन खपत गर्दैनन् भने डिजेल गाडीले जस्तो चर्को ध्वनि पनि ननिकाल्ने भएकाले विश्वभरि नै पछिल्लोपटक विद्युतीय बसको प्रयोग बढेर गएको छ । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…