• काठमाडौं कपनकी २५ वर्षीया सपना खड्का आधा दशकदेखी मोडलिङमा सक्रिय छिन् । काठमाडौंमा कलेज पढ्दा–पढ्दै मोडलिङमा सक्रिय सपनाले पहिलो पटक नरेन्द्र प्यासीको गीतमा मोडलिङ गरिन् । नृत्यमा पारङ्गत उनले अहिलेसम्म २० वटा म्युजिक भिडियोमा अभिनय गरी सकेकी छिन् । सपना मोडलिङमै आफ्नो भविष्य बनाउन चाहन्छिन् । पहिले सित्तैमा पनि म्युजिक भिडियोमा काम गरे, सपनाले भनिन्, अहिले पारिश्रमिक लिएर मात्र अभिनय गर्छु । मोडलिङबाट अहिलेसम्म राम्रै कमाई भएको उनी बताउँछिन् ।

    सपना मिलनसार छिन् । उनको मुस्कानले सबैलाई मोहित तुल्याउँछ । कलकारिता आफ्नो रुचिको पेसा भएको कारण यसैलाई अघि बढाउन उनी निक्कै मेहेनत गर्छिन् ।
    परिवारको पनि सहयोग भएकाले यही क्षेत्रमा भविष्य बनाउँछु भन्ने उनलाई लागेको छ । भन्छिन्, ‘सानैदेखीको इच्छा यहि क्षेत्रमा भएकोले मोडलिङमा भविष्य राम्रो हुन्छ जस्तो लागेको छ । यसैमा भविष्य बनाउने विचारमा छु ।’

    बिभिन्न म्यूजिक भिडियो,मुभीमा व्यस्त सपनाको एकपछि अर्को म्यूजिक भिडियो पनि सार्वजनिक भईरहेका छन् । हालैमात्र उनी अभिनित गायक कुमार पौड्यालको आधुनिक गीत ‘यो दुनिँया’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
    रहर र करियर कलाकारिता भएको कारण उनलाई अन्त खासै रुचि छैन रे । किनकी उनको कलाकारिता सानैदेखीको सोख हो ।


    रिसानी भए माफ, हुन्छ बहादुर,हाकाहाकीमा समेत अभिनय गरेकी सपना कलाकारितामा स्थापित हुने क्रममा छिन् । म्यूजिक भिडियोहरुमा अफर आईरहेको बताउने सपनालाई धेरैले रेखा थापा जस्तै छौ भनेर जिस्काउने पनि गर्छन् । उनको सपना छ, ठुलो पर्दाबाट दर्शकको मन मुटुमा बस्ने ।
    सपना भन्छिन्, संघर्ष जारी छ, एकदिन कसो शिखर नचुमिएला ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…