ओम आचार्य
मोरङ । लोकतन्त्र प्रजातन्त्र को सन्दर्भमा प्रधानमन्त्री केपी ओलीले आमाले आफ्नो सन्तान कसरी मार्न सक्छ भनेको सन्दर्भमा कडा आपत्ति गर्दै डा. रिजाले प्रधानमन्त्री ज्यु तपाइ प्रजातन्त्रको जननी हैन यस कुरामा हेक्का राख्नुस तपाइ प्रजातन्त्रको जननी हैन भन्नु हुदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाले जननी त नेपाली काग्रेस हो र नेपाली काग्रेस अहिले सत्तामा जान खोजेको छैन प्रजातन्त्रको स्थांइत्व र विधि विंधानमा मुलुकलाइ चलांउन सचेत गराउन खेजेको हो अवस्था आयो भने सडक आन्दोलन पनि गर्न सक्छ सचेत रहन र सच्चिएर आउन आग्रह गर्नु भयो ।
आज अश्विन ७ गते नेपाली काग्रेस मोरंगले रंगेलीमा आयोजना गरेको दोश्रो जागरण अंभियानको समापन विरोधसभामा कार्यसम्पादन क़रार वमोजीम प्रंधानमन्त्री ओलीबाट कार्य सम्पादन हुन नसकेर मुलुकको अर्थतन्त्र तहसनहस भएको उल्लेख गर्दै संविधान विपरीत विधेयकहरु आएकोमा कडा विरोध रआपत्ती डा मिनेन्द्र रिजालको थियो ।
एउटा कुरा तपाइहरुलाइ भन्छु विपीको १०६ औं विपी जयन्तीबाट सुरु गरिंएको यो जागरण अभियान भएको हुदा यो जागरण अभियान लोकतन्त्र र प्रजातन्त्रको रक्षार्थ हदै सम्म जान सक्छ हामी प्रजानत्र मास्न दिने छैनौउ रिजालले भन्नु भयो नागरिकताको अहिले सम्म कानुन आउन नसकेर नागरिक हक़ अधिकारको हनन गरेको छ , नागरिकताको अभावमा जागिर खान सकेका छैन ।
राष्ट्रपतिले नेपाली काग्रेस सभापति देउवा माथि गरेको टिप्पणीमा राष्ट्रपति सवैको साझा हुन सक्नु पर्छ कुनै दलगत अनुहार वहामा देखिनु हुदैन र कुनै पनि नागरिकों मानमर्दन गर्ने अधिकार समेत नरहेको डा. रिजालको भनाइ रहेको थियो ।
विंरोधसभामा केन्दिय सदस्य गुरु घिमिरे , केन्द्रिय सदस्य अमृत अर्याल , मोरंग पाटी सभापती डिग वहादुर लिम्बु , हेमकर्ण पौडेल,भगिरथ पोंध्दार
लगायतहरुको सम्बोधन रहेको थियो