काठमाडौं । सरकारले नेपाल प्रहरीका तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)को आकस्मिक सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकहरू पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातको सरुवा गरेको हो।
पुष्कर कार्कीलाई अपराध अनुसन्धान तथा कार्यविभागमा सरुवा गरिएको छ भने, एआइजी ठूले राईको प्रतिष्ठानमा सरुवा भएको छ । एआइजी धीरु बस्न्यातलाई भने मानव स्रोत तथा प्रशासन विभागमा सरुवा गर्दै तत्कालका लागि सुरक्षा परिषदमा काज सरुवा गरिएको जनाइएको छ ।
बस्न्यात यसअघिको सरुवामा पनि आर्थिक अनियमितता गरेको आरोपमा सरकारले सोही विभागमा पठाएर काजस्वरुप सुरक्षा परिषदमा तानिएका थिए ।