• काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वामदेव गौतमले कास्कीबाट चुनाव नलड्ने घोषणा गरेलगत्तै नेकपाका स्थानीय नेताहरूबीच उम्मेदवार बन्ने होडबाजी शुरु भएको छ । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न नेताहरू तुलबहादुर गुरुङ, सोमनाथ प्यासी, धनराज आचार्य र रवीन्द्र अधिकारी पत्नी विद्याबीच प्रतिस्पर्धाको स्थिति देखापरेको छ ।

    उल्लिखित चारमध्ये विद्या सबैभन्दा बलियो उम्मेदवार मानिन्छिन् । तर, आफ्नो पतिको १३ दिन किरिया नबसेका कारण सर्वसाधारण जनताबीच नकारात्मक सन्देश पुगेको छ । विद्या उम्मेदवार बनेको अवस्थामा विपक्षीहरूले यसैलाई मुद्दा बनाएर उनलाई रक्षात्मक अवस्थामा पुऱ्याइदिने भएका छन् ।

    विद्यापछिका सम्भाव्य उम्मेदवार सोमनाथ प्यासीलाई मानिन्छ । प्यासी उम्मेदवार बनेमा सहानुभूतिको मतले विजयी बन्ने अनुमान गरिएको छ । तुलबहादुर गुरुङ र धनराज आचार्य उम्मेदवार बनेको अवस्थामा उनीहरूले विपक्षीसँग कडा मुकाबिला गर्नुपर्ने स्थानीय विश्लेषकहरूको बुझाइ छ ।

    नेकपामा वामदेवसहित पाँचजनाको नाम मात्र सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेको भए पनि काङ्ग्रेसका पौने एक दर्जन व्यक्ति उम्मेदवार बन्ने प्रतिस्पर्धामा उत्रिएका छन् । उक्त निर्वाचन क्षेत्रमा सबभन्दा उपयुक्त उम्मेदवारका रूपमा देवराज चालिसेको नाम लिइन्छ भने सोभियतबहादुर अधिकारी, कृष्ण केसी र शारदा पौडेललाई पनि राम्रै सम्भावना भएका व्यक्तिका रूपमा लिइएको छ ।

    उम्मेदवार बन्ने प्रतिस्पर्धामा गुरु बराल, धनराज गुरुङ, वीरेन्द्र बिजुक्छे, कृष्ण कार्की र विजयराज आचार्य पनि रहेका छन् । निर्वाचनमा दलीय उम्मेदवारबाहेक अन्य केहीको नाम पनि स्थानीय जनताबीच चर्चामा रहेको छ । रवि लामिछाने, ज्ञानबहादुर शाही, ऋषि धमला र मुकुन्दे भनिने मुकुन्द घिमिरेको नाम स्थानीय बासिन्दाले लिन थालेका छन् । यीमध्ये मुकुन्द घिमिरेले चाहिँ आफ्नो चुनाव अभियान नै सुरु गरिसकेका छन् । (घटना र विचारबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…