• रातोकलम सम्बादाता

    काठमाडौ । ताप्लेजुङमा शुरु भएको लिम्बु विध्यार्थी मन्चको ९ औ महाधिवेशनको उद्घाटन कार्यक्रममा अबैध समुहलाई राखिएको भन्दै किरात राई विध्यार्थी संघले विग्यप्ती प्रकाशन गरेर आपती जनाएको छ ।

    आज असोज १२ गते लिम्बू विध्यार्थी मन्चको ताप्लेजुङको फुङ्लिङमा महाधिवेशनको उदघाटन भएको थियो ।

    प्रदेश १ को आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो लिम्बूको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा किरात राई विध्यार्थी संघको पूर्व संगठन विभाग प्रमुख अन्जिल राई देखिएका थिए । अन्जिल संघको खोटाङमा भएको ९ औं राष्ट्रिय सम्मेलनबाट बाहिरिएपछी स्वघोसित रुममा राई विध्यार्थी संघको नेता भन्दै आएका छ्न ।



    एउटा समुहले किरात राई विध्यार्थी संघको गत भदौमा भएको स्थापना दिवसमा झापामा स्वघोषित रुममा आफूलाई केन्द्रीय समिती भन्ने प्रचार गरेपनी मातृ संस्था किरात राई यायोक्खा केन्द्रीय समितिले जितेन राईको अध्यक्षतामा रहेको संघ आधिकारिक रहेको जनाई सकेको छ । जितेन राईको नेतृत्वको आधिकारिक समितिले झापाबाट प्रचार गरिएको समितिलाई अबैध समूह भन्ने गरेको छ ।

    लिम्बू विध्यार्थिको महाधिवेशनमा सोही अबैध समुहका ब्यक्ती देखिएपछि बैधानिक केन्द्रीय समितिको महासचिव रबिन राईले आजै (असोज १२) विग्यप्ती प्रकाशन गरि त्यहाँ उपस्थित व्यक्ती संस्थाको आधिकारिक प्रतिनिधि नभएको जनाएको छ ।

    लिम्बु विध्यार्थी मन्चको तत्कालीन अध्यक्ष फिपराज लिम्बूलाई सो बिषयमा जानकारी गराउदा गराउदै हाल संघको कुनैपनी तहमा नरहेको व्यक्तिलाई महाधिवेशनमा लानु शंकास्पद र राजनीति रंग देखाउने काम राम्रो नभएको विग्यप्तिमा उल्लेख छ । लिम्बू विध्यार्थी मञ्च लगाएका संगठनहरुलाई आइन्दा यस्तो नगर्न संघले आग्रह गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…