• सत्ता समर्थकको प्रतिगमनकारी बाटो, विचारले नसकेपछि हान्ने?

    ‘नेपालका लागि नेपाली’ नामको संस्थाबाट अभियान चलाइरहेका ज्ञानेन्द्र शाहीमलाई आज सत्ता समर्थक विद्यार्थीहरुले कु ट पि ट गरेका छन्। चितवनको चौबिसकोठीमा अभियानले राखेको खबरदारी सभालाई उनीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै बिथोलेनन् मात्र, कु ट पि ट पनि गरे। गाडीमा समेत तो ड फो ड गरे।

    आज चितवनमा जे भयो, त्यो सत्ता समर्थकको प्रति गमनकारी बाटो हो। प्रतिगमन भनेको पछाडि फर्कने काम हो। दुई तिहाईको बहुमत जितेको सत्ता समर्थकहरु यति निरीह भएछन् कि एउटा ज्ञानेन्द्र शाहीदेखि थरथर काँप्न थालेछन्। विचारले नसकेपछि उतिबेलाको वाइसिएल र युथ फोर्सले जस्तो भौतिक का र बा हीमा उत्रिएछन्।

    सत्ता आफ्नै, भत्ता आफ्नै। पुलिस आफ्नै, प्रशासन आफ्नै। दुई तिहाईको जनमत आफ्नै। अनि यिनीहरु एक जना मान्छेको पछाडि किन लागिरहेका छन्। कहिले फलानो जिल्ला निषेध भन्या छ, कहिले तिलानो। के देशको नागरिक कतै जान अब भिसा लिनु पर्ने भो? त्यतिले नपुगेर अझ आज कुटपिट?

    होला, ज्ञानेन्द्र शाही राजावादी नै होलान्। तर उनले त जाबो विचार त राखेका हुन् नि। सक्छौ भने त्यस्तो विचार राख्न पाइन्न भनेर कानुन बनाऊ। दुई तिहाई छँदैछ, उनी जस्ताले बोल्न नपाउने भनेर कानुन बनाऊ।

    तर यसरी दिनदहाडै कसैलाई कुटेर उसको मुख थुन्नु भनेको प्रतिगमनको नाममा आफैलाई प्रतिगमनतिर धकेल्नु हो।

    सक्छौ भने ज्ञानेन्द्र शाहीले उठाएका कुरालाई विचारले काट। चान्स नपाएर यिनले भ्रष्टाचार नगरेका हुन्, पाएको भए यिनले पनि गर्थे भनेर जनतालाई बुझाऊ। उनले भ्रम फैलाउन खोजेको भए ती भ्रमलाई उनको भन्दा शक्तिशाली रुपमा चिर। तर आफूभन्दा फरक विचारधारा राख्नेलाई कुट्ने, पिट्ने? के अब फरक विचार राख्नेलाई सफाया गर्ने पनि हो कि के हो? माइसन्सार डटकममा यो बिचार प्रकाशित छ ।

    ज्ञानेन्द्र शाही राजावादी हुन् भने राजासितको कनेक्सन देखाऊ। उनी कसैबाट परिचालित छन् भने त्यसको प्रमाण पेश गर। नसक्ने हैन। किनभने सत्ता र त्यसको संयन्त्र सत्तारुढहरुसँग छँदैछ। यस्तो भइरहेको छ है भनी प्रष्ट बनाऊ जनतालाई। कुटपिट गरेर विचार मार्न सकिन्छ भन्ने भ्रममा चाहिँ सत्तारुढ दलका विद्यार्थीहरु नपरेकै राम्रो है।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…