• असोज २५, पथरी
    स्थानिय सरकारले समग्र नगरको विकासका लागि विभिन्न योजना र कार्यक्रम लागु गर्दै समृद्ध र सु–सस्कृत नगरको दिवा सपना बुनेर विकास निर्माणमा यतिबेला लागि परिरहेको अवस्था छ ।
    तर दुःखको कुरा, कु–सस्कारको विकास पनि यहि शहरमा भईरहेको छ । जसले समाजको छवि मात्र हैन स्थानिय नगरपालिका र स्थानिय वासीहरुको समेत सिर झुकाउने गतिविधी शहरमा बढ्दो क्रममा रहेको छ ।
    जसको पछिल्लो उदाहरण हो होटल व्यावसायिका रुपमा स्थापित भएर अनैतिक यौन कृयाकालापमा युवा युवतिलाई सम्लग्न गराउदै आएको पथरी शनिश्चरे १ को चाम्लिङ्ग होटल एण्ड लज ।


    होटलले यौनकर्मी युवतीहरु राखेर होटललाई यौन अखडाका रुपमा संचालन गर्दै आएको सुचना प्रहरी पाएपछि छापा मार्दा २ जोडि यौन कृयाकलापमा संलग्न लाई गत आईतवार रंगेहात नियन्त्रणमा लिएपछि यो कुरा बाहिर आएको हो ।
    मोरङको तेस्रो ठुलो विकसित शहरका रुपमा रहेको पथरी बजारमा शैक्षिक, भौतिक, व्यावसायिक विकास भएको यहाका सर्वसाधणले आभास गर्न सक्ने वातावरण अहिले बनिरहेको छ ।
    तर यो सग–सगै समाजमा हुने गरेका यस्ता अवान्छित गतिविधिले समाज कता जादैछ भन्ने प्रश्न स्थानिय सर्वसाधरणमा उब्जिएको छ ।
    स्थानिय सरकारकै आगन अगाडी भने खुल्ला रुपमा अवैद्ध धन्दा संचालन भईरहेको छ ।
    गाउ–गाउमा सिहदरवार आएको पछिल्लो अवस्थमा जनताले आस गरेको सामाजिक सु–सस्कारको विकास भने स्थानिय सरकारले दिन सकिरहेको छैन जसको कारण स्थानिय सरकारको आखै अगाडि यस्ता गतिविधि निर्वाद रुपमा संचालनमा आईरहेका छन् ।
    शहरमा अवाछित कृयाकलाप बढेको सुचना स्थानिय सरका उप– प्रमुख यमुना विष्टको कानमा परेको उनि यसो भनछिन्–“सवै कुराको सुचना हामीलाई हुदैन पछिल्लो समय वजारमा अनैतिक यौन कृयाकलापमा युवायुवतिहरुलाई संलग्न गराएको सुचना हामीले सुनौँ यस्ता अनैतिक कृयाकलाप गराउने संचालक र होटल व्यावसायीलाई कार्वाही गछौँ।”
    नगरपालिकाको शिर मानिदै आएको पथरी वजार क्षेत्र पुर्व पश्चिम राजमार्ग को लगभग १ किलोमिटर दुरी वजार क्षेत्रमा पर्ने गर्छ । सो क्षेत्रको उत्तर र दक्षिण पट्टिको भागमा अधिकाश होटल व्यावसायिहरु रहेका छन् ।
    ति व्यावसायिहरुले होटल मात्र हैन पथरी घुम्न आउने आन्तरिक र वाह्य पर्यटकहरुका लागि आभाष सहितको होटलको व्यावस्थापन गरि संचालन गर्दै आएका छन् ।
    यिनै व्यावसायिहरुको भिडमा एउटा यस्तो होटल पनि भेटियो जसको व्यावसायिक गतिविधिका कारण समाजको शिर उचो होइन निचो हुने पक्का छ।
    पथरीमा रहेको स्थानिय होटल व्यावसायिहरुको साझा संगठन होटल व्यावसायि सघमा आवद्ध रहेको चाम्लिङ्ग होटल एण्ड लजले व्यावसायिक अनुमति लिएर संचालनमा आएको भएतापनि भित्रि रुपमा यौन कृयाकलाप गराउदै आएको रहस्य वाहिर आएको हो ।
    यस्तो रहस्या वाहिर आएपछि हामीले स्थानिय होटल व्यावसायी सघका स–सचिव पुर्ण वहादुर कार्कीलाई सो विषयमा कुरा राख्दा कार्की भन्छन्–“ व्यावसायी सघको तर्फ वाट हामी पनि कार्वाहिको प्रकृया अगाडी बढाउछौँ साथै यस्ता गतिविधि रोक्न स्थानिय सरकार, व्यापार सघ र प्रहरी प्रशाशनले पनि हामीलाई साथ र सहयोग दिनु प¥यो”।
    नेपालीहरुको मनाह पर्व दशै भित्रिए सगै स्थानिय प्रहरीले नगरको सुरक्षामा विशेष ध्यान पु¥याएको छ ।
    नगरमा हुने अवाछित कृयाकलाप, अवाछित व्यावसाय र सामाजिक शान्ति खलवल्याउने कृयालाप माथि प्रहरीको निगरानी उच्च रहेको छ ।
    जसको कारण प्रहरीले कानुनले बन्देज गरेको र समाजले नरुचाएको कार्य सो होटलमा हुने गरेको सुचनाका पाएपछि होटलमा छापा मारेको हो ।
    प्रहरीले होटलमा छापा मार्दा २ जोडिलाई रंगेहात, यौन कृयाकलापमा प्रयोग गरिने सडिसकेका यौन समाग्री र होटल संचालक लाई नियन्त्रणमा लिएको हो ।
    नगरमा हुने अवाछित कृयाकलाप, अवाछित व्यावसाय र सामाजिक शान्ति खलवल्याउने कृयालाप स्थानिय वासीलाई स्विकार्य नहुने र यस्ता गतिविधि रोक्न स्थानिय सरकार, प्रहरी प्रशासन र सम्वधित निकाएको ध्यान जानु जरुरी रहेको लायन्स क्वल अफ योङहार्टका अध्यक्ष केदार बोहोरा वताउछन् ।
    होटल व्यावसायिका रुपमा स्थापित भएर अनैतिक यौन कृयाकालापमा युवा युवतिलाई सम्लग्न गराउदै आएको चाम्लिङ्ग होटल एण्डका लजका संन्चालकद्वय सुनिता राई र विजय राईलाई नियन्त्रणमा लिएको छ ।
    होटल संचालकद्वय राईले युवतीहरुलाई प्रलोभनमा पारी होटलमै राखेर यौनजन्य कार्यमा संम्लग्न गराउदै आएको भेटिएको ईलाका प्रहरीकार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरिक्षक लक्ष्मीराज अधिकारी बताउछन् ।
    स्थानिय व्यावसायिहरुको सञ्चालन अनुमति दिने व्यावसायिक जोखीमताको मुल्याङकन गर्ने व्यावसायिहरुलाई नियमन गर्ने स्थानिय नियमनकारी निकाय उद्योग वाणिज्य सघ पथरीको पनि अनुमति आएको सो होटलमा अनैतिक यौन कृयाकलाप हुने गरेको थाहा पाएपछि उद्योग वाणिज्य सघ पथरीका अध्यक्ष दिपक वस्नेत भन्छन्–“कानुनी र सामाजिक प्रतिष्ठामा आँच आउने जुन सुकै व्यावसायी भएपनि उनिहरुलाई कार्वाही गर्नका लागि व्यापार सघ सधै सहजीकर्ताको भुमिकामा रहने छ”।
    प्रहरीले होटलमा छापा मार्दा यौनकर्मीका रुपमा व्यावसायिक वनेकी एक १४ वर्षिय युवतीलाई समेत नियन्त्रणमा लिएको छ । यसरी पक्राउ गरिएकालाई मानव वेचविखन तथा ओसारपसार अन्तरगतको मुद्धा प्रहरीले चलाएको छ ।
    पथरीका अन्य होटल तथा लजमा पनि यस्तो कार्य गराइदै आएको सुचना आएको र यसका लागी प्रहरीले अपे्रसन चलाउने ईलका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
    मुद्धाको आधारमा वेश्यागमनमा लगाउनेलाई १० देखि १५ वर्ष जेल र १ लाख सम्म जरिवाना हुने कानुनी व्यावस्था रहेको र वेश्यगमनमा संम्लग्नलाई समेत १ देखी ३ महिना जेल सजाय हुने प्रावधान रहेको मोरङ प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…