•  

    इटहरी । असाहाय तथा मानसिक सन्तुलन गुमाएका, सडकमा बेवारिसे अवस्थाामा रहेकाहरुलाई साहारा प्रदान गर्ने उद्धेश्य सहित सञ्चालनमा रहेको मायाघर नेपालमा आश्रितहरु लाई तरुण दल सुनसरीले एक दिनको खाना खुवाएर सहयोग गरेको छ ।
    असाहाय तथा मानसिक अवस्था गुमाएका करिब ३५ जनालाइृ आश्रय प्रदान गर्दै आएको माया घरमा पछिल्लो समय बिभिन्न सामाजिक संघ सस्थाहरुले सहयोग गर्ने क्रम बढेको अवस्था रहेको छ भने आफ्नो जन्मोत्सवको अवसरमा मायाघरमा आश्रय लिईरहेकाहरुलाई खाना खुवाउनेको संख्यामा पनि बृद्धि हुदै गएको मायाघर नेपालकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिईन ।
    यसै क्रममा तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुंगको जन्मोत्सवको अवसर पारेर मायाघर नेपाललमा सहयोग स्वरुप खाना खुवाएको र आफ्नो जन्मोत्सव भन्दा पनि यस माया घरमा रहेका असाहयहरुलाई एक दिन मिठो खाना खुवाउन सकेको खण्डमा मानवियताको बिकास हुने सोचका साथ उक्त कार्यक्रमको आयोजना गरेको सिजन गुरुंगले बताए । कार्यक्रम सौमाया गुरुंगको अध्यक्षतामा भएको थियो भने , जुनियर मायाघरका अध्यक्ष सजन भण्डारी, निश्चल पलीखे लगायतको सहभागीता रहेको थियो ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…