झापा । गौरादहमा जारी गौरादह दशैँ महोत्सव - २०७६ मा शनिवार चर्चित गायक शिव परियारले आफ्नो प्रस्तुति दिएर दर्शकलाइ असिन पसिन हुने गरि नचाएका छन। छिप्पिएको रात र चिसो मौसमको कुनै प्रवाह नगरी दर्सक हरुले भरपुर साथ दिएका थिए । शनिवार महोत्सवमा ५ हजार भन्दा बढी दर्शकको माझ आफ्नो प्रस्तुतिले शिवले सबैको मन मात्रै जितेन् कि दर्शकले हुटिङ र तालीले उनको साथ समेत दिएका थिए ।
नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका लोकप्रिय गायक शिव परियारले शनिवार गौरादह महोत्सवमा बेहोस पछि होसमा आउँदा त क्या दामी भो, माया देउ मायालु , पिलायो साथीले, “नभेटी नभेटी”लगायतका एक दर्जन चर्चित गीतहरु गाएका थिए ।
गायक शिव परियार देख्ने वित्तीकै दर्शकको हुटिङले गौरादह महोत्सव गुञ्जिएको थियो । शिवका हरेक गीतमा दर्शक दिर्घाबाट ‘वान्स मोर‘ ‘वान्स मोर‘ गुन्जिएको थियो ।