• काठमाडौं । नेकपा सिन्धुपाल्चोकले १२ स्थानीय तहको कमिटीलाई पुर्णता दिएको छ । स्थानीय तहको कमिटीले पुर्णता पाएसँगै शनिबार जिल्लाभर एक हजार बढीले नेकपाको नीति विचार र सिद्धान्तप्रति बफदार रहेको भन्दै नेकपाका केन्द्रीय नेताहरुबाट सपथ खाएका छन् ।

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा शनिबार एकैपटक पालिका स्तरका कमिटीका सदस्यहरुलाई सपथ खुवाइएको थियो । सिन्धुपाल्चोकमा १२ स्थानीय तहमध्ये तिन नगरपालिका रनौ गाउँपालिका रहेका छन् । नगरपालिकामा ८१ सदस्य र गाउँपालिकामा ७५ सदस्य कमिटी गठन गरिएको नेकपा सिन्धुपाल्चोक प्रचार विभाग प्रमुख यज्ञराज सापकोटाले जानकारी दिए । स्थानीय तहमा सपथ खुवाउन नेकपा पोलिटब्युरो सदस्य अमृत बोहरा गृहगाउँ त्रिपुरासुन्दरी पुगेका थिए भने अर्का पोलिटब्युरो सदस्य अग्नी सापकोटा बाह्रविसे नगरपालिकामा गएका थिए ।

    त्यस्तै केन्द्रीय सदस्य एवम सासंद शेरबहादुर तामाङ मेलम्ची नगर कमिटीको सपथ खुवाउने कार्यक्रममा सहभागी भएका थिए । नेकपाका अन्य केन्द्रीय सदस्यहरु पनि विभिन्न स्थानीय तह कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । पालिका स्तरीय कमिटी गठनसँगै अब तिहार अघि नै वडा कमिटीसमेत गठन हुने नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिए । ‘१०३ वडा मध्ये धेरै वडाहरुमा कमिटी गठन भइसकेका छन् अब बाँकी केही वडाहरुमा तिहार अघि नै सक्छौँ’, अध्यक्ष नेपालले भने ।

    पालिका र वडा कमिटीको सबै काम सम्पन्न भएपछि जनवर्गीय संगठनको कमिटी पनि बिस्तार हुने नेकपा सिन्धुपाल्चोकले जानकारी दिएको छ । पार्टी एकता भएको लामो समयपछि सिन्धुपाल्चोकमा पालिका स्तरीय कमिटीले पुर्णता समेत पाएको छ । अब संगठन सुदृढीकरण अभियान लिएर सबै पालिकाहरुमा जाने योजना रहेको नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…