काठमाडौं । बालश्रमको अन्त्य गर्न जिल्लाका सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले वर्षेनी लाखौं रकम खर्च गरी सकाए पनि अझै बालश्रमको अन्त्य हुन सकेको छैन । स्थानिय तहले पनि बालश्रमको अन्त्य गर्न कुनैपनि कार्यविधि बनाउन नसक्दा अझैपनि बालवालिका जिल्लाका सरकारी कार्यालयको कामकाजमा दिनहुँ बालवालिका प्रयोग भइरहेका हुन् ।
जिल्लाको खाडाचक्र नगरपालिकावडा नं २ मान्म गाविसस्थित गैरा गाउँका ११ वर्षीय अलि दर्जी ६ कक्षा पढ्छन् तर उनी धेरै समय भारी बोकेरै बिताउँछन् । कलिला बालबालिका पढाइ छोडेर भारी बोक्न बाध्य छन् । गाहिर गाँउ र शान्नि त्रिवेणी गाँउपालिकास्थित रकु गाविसका प्रावि स्तरका बालबालिका भारी खोज्दै सदरमुकाम मान्म धाउने गरेका छन् । उनीहरू विद्यालयमा भन्दा भारी बोक्न नियमित हुने गरेको नागरिक समाजका सहसंयोजक रमेश नेपालीले बताउँछन् ।
अधिकांश दलित बालबालिकाले भारी बोक्ने गरेका हुन् । कहिले जितेबजारको छहरामा गाडी नआउँदै बालबालिका बस पार्कमा कुरेर बसेका हुन्छन् भने, कहिले सदरमुकाम मान्ममको बसपार्कमा गाडी रोक्ने बित्तिकै यात्रु, व्यापारी र आयोजनाका फलामे औजार, चामललगायतका खाध्यान्न पुर्याउने काम गर्छन् । उनीहरूले ज्याला बापत प्रतिकिलो सामानको १ रुपैयाँ पाउने गरेको बताए ।
गरिबीका कारण १५ वर्षभन्दा मुनिका कलिला बालबालिका विद्यालयमा भर्ना भएपनि पढाइभन्दा बढी भारी बोक्नका लागि हानथाप गर्दै घरबाट एक घन्टा टाढा जिते बजारमा पुग्ने गरेका हुन् । शनिबार र शुक्रबार बिहानैदेखि बेलुकासम्म र अरू दिनमा हाफ छुट्टी पछि भागेर सदरमुकाम र जिते बजार जाने गरेको जितेबवारका व्यापारि दि बहादुर शाहिले बताए । ‘बुवाआमासँग विद्यालय जान्छु भनेर बजारमा जाने गर्छन्, उनले भने, ’तर धेरैजसो दैनिक खर्च जुटाउन भारी बोक्ने गरेका हुन् ।’ उनीहरु रहरले नभई बाध्यताले भारी बोक्नु परेको बताए ।
रकु सेरिज्युलाका ८ मा अध्यायनरत १५ वर्षीय अमिन सार्की बुबाआमासँग पैसा माग्दा भारी बोक्न भन्ने गरेको बताए । भारी बोकेरै दिउँसोको खाजा, कापी किताब र स्कुलको शुल्क तिर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘भारी बोकेर धेरै सजिलो भएको छ ।’ एक दिनमा ८र१० जना भन्दा बढी स(साना बालबालिका मान्मको खाद्यसंस्थानमा भारी बोक्न पुग्ने गरेका छन् ।
सह(संयोजक रमेश नेपालीले गरिबी र खल्ती खर्च जुटाउने रहर दुबै कारणले बालबालिका पढाइ छाडेर भारी बोक्न गएको बताए । उनले भने, ‘अभिभावकले पनि आफुसंगै भारी बोक्न ल्याउने गरेका छन् ।’ दलित र विपन्न बालबालिकालाई छात्रवृत्ति र अन्य कार्यक्रम लागू गरी भारी बोक्न रोक्नुपर्ने उनले बताए । कलिलो बालबालिकाले पढ्ने उमेरमा भारी बोकेको देख्दा दया लाग्छ र सय पचास रुपैयाँ दिएर घर फिर्ता पनि गरेका छौँ , फेरि भारि बोक्न आइहल्छन् ।’
श्रमको क्षेत्रका आधारमा सबैभन्दा बढी घरेलु कामदारको रुपमा मान्मका होटल तथा रेष्टुरेन्टमा श्रमिक काम गरिरहेको देखाएको छ । बाश्रमको अन्त्य भयो भनेर भाषण मात्र गर्छन्, वास्तवमा सदरमुकामकै सरकारी कार्यालयमा बालश्रम हुनु स्थानिय तह, बालवालिका क्षेत्रमा काम गर्ने संघ संस्था, मानवअधिकारवादी र प्रहरी प्रशासन बेखबर जस्तो भएको सरोकारवालाहरुको भनाई छ । राजधानीबाट ।