• काठमाडौं, ३ कार्तिक । प्रदेश–५ का प्रदेशसभाका विपक्षी दलका नेता बलदेव शर्मा पोख्रेलले फर्जी कागजात पेस गरी आफ्नै बुहारी राहेल पोख्रेललाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्ति दिलाएको खुलासा भएको छ । यससँगै प्रदेश–५ को लोकसेवा आयोग गठन प्रक्रिया विवादमा परेको छ ।

    लोकसेवा आयोगको सदस्य हुन आवश्यक पर्ने योग्यता र अनुभव विपरीत शर्माले आफ्नी बुहारीलाई बलपूर्वक नियुक्ति दिलाएको स्रोतले जानकारी दिएको छ । लोकसेवा आयोग जस्तो महत्वपूर्ण र संवेदनशील निकायमा फर्जी कागजातका आधारमा पदाधिकारी नियुक्ति हुने परम्परा देखिएसँगै प्रदेश लोकसेवा आयोग भर्ती केन्द्र बन्ने खतरा बढेको छ । प्रदेश लोकसेवाको सदस्यमा नियुक्त भएकी पोख्रे्रल कुनै अध्ययन अनुसन्धानमा संलग्न छैनन् ।

    प्रदेश मुख्यमन्त्रीको अध्यक्षतामा रहने प्रदेश लोकसेवा आयोग सिफारिस समितिमा विपक्षी दलका नेताको हैसियतमा बलदेव शर्मा पोख्रेल सदस्य छन् । उनी नेपाली कांग्रेस सम्बद्ध हुन् । राजधानी दैनिकबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…