• दीप खादीहाङ्ग लिम्बू

    क्वालालम्पुर,कात्तिक-३

    किरात याक्थुङ चुम्लुङ मलेशियाको छैटौं अधिबेशन आइतबार क्वालालम्पुरको फाइभ एलिमेन्ट होटेलमा सम्पन्न भएको छ।करिब ३ घन्टा सम्म संचालित कार्यक्रममा सहिदहरुको सम्मान र सम्झना स्वरुप ४० सेकेन्डको मौन धारण पछी रास्ट्रीय गान बाट औपचारिकता पाएको हो।कार्यक्रमले दील कुमार केरुङ्को अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्बाचित भएका छन।लिम्बुहरुको सास्कृतिक,लिपी,भाषिक,जातिय संरक्षण र सम्बर्द्धनका लागि गठीत यो समिति बिस्वको प्राय देशहरुमा यसरी गठित भएर लिम्बू जातिको संरक्षणमा ठूलो भुमिका खेलीरहेको छ।

    भौगोलिक र धार्मिक हिसाबले जुनसुकै धर्म र क्षेत्रका भए पनि लिम्बू समुदायहरु बिचमा मेलमेमीलाप र एकताको भावना हुनुपर्छ भन्ने सन्देश लिएर अगाडी बढिरहेको यो सस्थाले लिम्बुहरुको निक्कै पुरानो जातिय र सास्कृतिक सभ्यताको रहस्य बोकेको छ।

    समारोहको सभापति कृष्ण आङ्देम्बे रहनु भएको थियो।भने प्रमुख आथित्यता नेपाली राजदुतावास मलेशियाका महामहिम राजदुत उदय राज पाण्डेले गर्नु भएको हो।विशेष अथितीमा नेपाल आदिवासी जनजाति आदिवासी महासंघ,रास्ट्रीय समन्वय समिति मलेशियाका अध्यक्ष बिपिन राई रहनु भएको थियो।

    सो अधिवेशन लाई सम्बोधन गर्दै महामहिम राजदुत पाण्डेले नेपालका जाति मध्ये सबै भन्दा पुरानो इतिहास र चिनारी बोकेका जातीय समुदाय बताउनु भएको छ।भौगोलिक हिसाबले पुर्बी पहाडी भेगमा स्थायी बसोबास रहेको लिम्बू समुदायको आफ्नै चलिम्बु रहेको बताउनु भयो।नेपालि समुदायको जाति,सस्कृति,भाषा र लिपि देशका गहना रहेको र त्यसलाई सम्रक्षण गर्नु सबै समुदायको कर्तब्य रहेको र कालन्तरमा नेपाल एकीकरणको सन्दर्भमा पृथ्वीनारायण शाहले लिम्बुहरु सङ्ग युद्ध नभई सम्झौतामा मुलुकलाई एकता गरेको इतिहासको स्मरण समेत गर्नु भएको थियो।

    उक्त कार्यक्रममा किरात राई या योख्खा बाट ईश्वर राई ले सुभकामना मन्तव्य दिएका थिए।त्यस्तै तामाङ्ग कलाकार संघ मलेशियाका फुर्बा दोर्जे मोक्तान,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाट दीपक सुनखरी मगर,नेपाली मजदुर एकता केन्द्र मलेशिया बाट,तेज बहादुर कार्की,नेपाली सितेरियो कराते संघका अन्तरास्ट्रिय रेफ्री तथा अध्यक्ष समेत रहेका योगेन्द्र कोइराला लगायत र माझी उत्थान संघ मलेशिया तथा जातिय र क्षेत्रीय सस्थाका प्रतिनिधिहरुको आथित्यता रहेको थियो।

    समारोहमा उपस्थित अथितिहरुको स्वागत तथा लिम्बू मौलिक जातिय सास्कृतिक सभ्यताको चिनारी बोकेको च्याब्रुङ्ग नाचेर मनोरञ्जन प्रदान गरिएको थियो।पुर्ण तुम्बापो लिम्बुले लिम्बू भाषाको गित प्रस्तुत गरेर अथिति लगायत उपस्थित जनसमुदायहरु लाई मनोरञ्जन प्रदान गरेका थिए।भने कार्यक्रम सन्चालन दीप खादीहाङ्ग लिम्बुले गरेका हुन।

    -नव निर्वाचित कार्यसमितिको नामावली निम्नलिखित बमोजिमको रहेको छ।

    सरक्षक-कृष्ण आङ्देम्बे
    सल्लाहकार-जितमान लिम्बू
    " इन्द्र लिम्बु

    अध्यक्ष-दील कुमार केरुङ्ग
    उपाध्यक्ष-पुर्ण कुमार तुम्पापो
    " दुर्गा लिम्बु
    महासचिव-दीप खादीहाङ्ग लिम्बू
    सचीव-दिल कुमार तुम्रोक
    सह-सचीव -टंक लिम्बु
    कोषाध्यक्ष -सन्तोष इजम लिम्बू
    सह-कोषाध्यक्ष -भक्त योङहाङ्ग

    सदस्यहरु-
    उदय कन्दङ्वा
    रोशन लिम्बू
    बाल ध्वज लिम्बू
    टेकेन्द्र योङ्गहाङ्ग
    टेक माया लिम्बू
    कमल लिम्बू
    सन्तोष आङ्गदेम्बे
    अमृता लिम्बू
    मधुमाया लिम्बू
    नरमाया लावती
    बिनिता लिम्बू
    नवीन योङहाङ्ग लिम्बू
    प्रकाश मान पेलिहाङ्ग लिम्बु
    भुपेन्द्र माबो लिम्बू

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…