• पान्थर । जिल्लाको फाल्गुनन्द गाँउपालिकामा लागु गरिएको ‘मातृभाषा शिक्षा’ बिरुद्ध मुद्धा परेको छ ।

    गाँउपालिका कार्यवाहक अध्यक्ष देबित्राकुमारी आङ्देम्बे, शिक्षा समिति संयोजक नारायण प्रसाद आङ्देम्बे, कार्यकारी अधिकृत अनिल ति खत्री, भाषा बिषयमा नियुक्ति भएका सात विद्यालयका सात जना शिक्षक, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत ४४ जनाविरुद्ध उच्च अदालतमा मुद्धा परेको हो । नेम्बाङले उच्च अदालत इलाममा मुद्धा दर्ता गरेका हुन् । शिक्षा नियमावली बिपरित बिशेषज्ञ छनोट गरेर भाषा शिक्षा लागु गरेको भन्दै नेम्बाङले मुद्धा दायर गरेका छन् ।

    लिम्बू, वान्तवा र तामाङ भाषाको संरक्षण गर्ने उद्देश्यले पालिकाका १५ विद्यालयमा भाषा शिक्षा कार्यान्वयनको चरणमा छ । जसमध्ये सात ओटा विद्यालयमा शिक्षक नियुक्ति गरी कक्षा सञ्चालन भइरहेको थियो । पालिकामा रहेको शान्तिक्षेत्र आधारभुत विद्यालय, पद्माकन्या आधारभुत विद्यालय, लालीगुरास आधारभुत विद्यालय, ज्योती माध्यमिक विद्यालय, नमुना ज्योती आधारभुत विद्यालय, जनता आधारभूत विद्यालय, पिललबोट आधारभुत विद्यालय र इत्छिङ आधारभुत विद्यालयमा मातृभाषा पठन पाठन भइरहेको थियो ।

     

    गतबर्ष ९ विद्यालयमा भातृभाषा कार्यान्वयन भएको थिया विद्यालयमा ऐच्छिक विषयको रुपमा लिम्बु, तामाङ र वान्तवा भाषामा पठनपाठन भइरहेको थियो । हाल उच्च अदालतले पठनपाठन बन्द गर्न आदेश दिएपछि मातृभाषा पठनपाठन हुन छाडेको छ । आठ ओटा विद्यालयमा भने शिक्षक नियुक्ति प्रक्रिया रोकिएको छ । सरकारी स्वीकृत दरबन्दीमा नभई गाँउपालिकाले अनुदान दिएर शिक्षक नियुक्तिको काम गरेको प्रमुख प्रशासकिय अधिकृत अनिल खत्रीले भने । गाँउपालिकाले मातृभाषा शिक्षा सञ्चालनका लागि गाँउपालिकाले आधारभूत विद्यालयमा मासिक १२ हजार र माध्यमिक विद्यालयमा १४ हजार रुपैयाँ अनुदान दिएको हो ।

    लिम्बू भाषाका लागि हरिचन्द्र लावती र महेन्द्र आङ्देम्बे, राई भाषाको लागि सगुन सुसारा राई र तामाङ भाषाका लागि मोती बहादुर तामाङलाई बिशेषज्ञ छानोट गरिएको छ । नियमसंगत रुपमा नै सबै विशेषज्ञहरु छनोट गरिएको गाँउपालिका कार्यवाहक अध्यक्ष देवित्रा कुमारी आङ्देम्बेको भनाई छ । उनले आदिवासि जनजातिहरुको भाषा र लिपीलाई समाप्त पार्ने षडयन्त्र स्वरुप अदालतमा मुद्धा हालिएको गाँउपालिकाको ठहर छ । प्रक्रियागत रुपमा शिक्षक नियुक्ति भएपछि नेकपाले भनेजस्तै गरी आफ्ना मान्छेहरु शिक्षकमा नियुक्ति नभएर बखेडा झिकिएको एक जनप्रतिनिधिले बताए । संविधानमा व्यवस्था भए अनुसार गाउँपालिकामा भाषा शिक्षा लागु गरिएको शिक्षा संयोजक नारयणप्रसाद आङ्देम्बेको भनाई छ ।

    अदालतमा मुद्धा दर्ता पश्चात पठनपाठन अबरुद्ध भएपछि भाषाप्रेमी, सामाजिक संस्था, पाटीले त्यसको निन्दा गरेका छन् । किरात याक्थुङ चुम्लुङ, लिम्बु विद्यार्थी मञ्च, किरात राई विद्यार्थी संघ, केन्द्रीय कार्य समिति दमक झापा, समाजवादी पाटी लिम्बुवान राष्ट्रिय समिति, लिम्बुवान स्प्रिङ आन्दोलन, नेपाल आदिवासी जनजाति महासंघ पान्थर, नेपाल तामाङ घेदुङ, किरात राई यायोक्खा पान्थर, याक्थुङ युवा मञ्च पान्थर, समाजवादी पाटी पान्थर, संघीय लिम्बुवान मञ्च पान्थरलगायतले मातृभाषा अवरुद्धको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

    विरोध प्रदर्शन

    समाजवादी पार्टीले मातृभाषा शिक्षा तत्काल सञ्चालन गर्न भन्दै फाल्गुनन्दको केन्द्र घुर्बिसे पञ्चमीमा बिरोध प्रदर्शन गरेको छ । सत्तामा रहेको नेकपाले भाषा शिक्षा बिरुद्ध मुद्धा हालेर जनजातिहरुको भाषा लिपी समाप्त पार्न खोजेकाले आन्दोलनमा उत्रनुपरेको समाजवादी पार्टीका केन्द्रिय लेखा समिति सदस्य डीएम आङ्देम्बेले बताए । ‘नेकपाले भाषा र लिपीमाथि चरणबद्ध हमला गरिरहेको छ,’ आङ्देम्बेले भने । समाजवादीले मातृभाषा बन्द गर्न पाइदैन लगायत नारा लगाउदै विरोध र्याली निकालेको थियो । र्यालीपछि आयोजित कोणसभालाई नेताहरुले सम्बोधन गरेका थिए ।

    को हुन् नेम्बाङ

    फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ का स्थायीय हुन्, इन्द्रकुमार नेम्बाङ । ३४ वर्षीय नेम्बाङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फाल्गुनन्द गाँउ कार्य समितिका सचिव सचिब हुन् । उनी सद्वेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।

    नेकपाको स्पटिकरण

    भासा विरोधी भनि सामाजिक संजालमा लेखिएको अनर्गल भ्रामक प्रचारप्रति सत्यता नभएको नेकपा कम्युनिष्ट पाटी (नेकपा)ले बताएको छ । गाउँपालिकाले विज्ञप्ती जारी गर्दै निर्वाचनमा भ्रम सिर्जना गर्ने हेतुले आरोप लगाएकोले भ्रममा नपर्न आग्रह गरेको छ । नेकपाले शिक्षक छनोट विषयमा प्रचलित ऐन र नियमावली अनुसार प्रक्रिया भित्र हुनुपर्नेमा ऐन नियम विपरित स्वेचारी ढंगले नगरिएको आरोप लगाएको छ ।

    चुनाबी खुराक

    उप–निर्वाचनको मुखमा जिल्लाको फाल्गुनन्द गाँउपालिकामा विद्यालयमा मातृभाषा शिक्षक नियुक्तिको विवाद चर्किएको छ । नेपाली काङग्रेस, समाजवादी पाटी, संघीय लोकतान्त्रिक मञ्चलगायतका राजनीतिक दलहरुले चुनाबी खुराक बताएका छन् । फाल्गुनन्दको एक कार्यक्रममा काग्रेसका युवा नेता गगन थापाले स्थानीय सरकारले मातृभाषाको प ठनपाठन हुनु देशकै नुमना भएको भन्दै पठनपाठन अवरुद्ध गर्नु नहुने बताएका छन् । नेकपाबाहेकका दलहरुले नेकपालाई मातृभाषा विरोधीको रुपमा चित्रण गर्ने गरेका छन् । उपनिर्वाचनको मुखमा नेकपाले भने पार्टीको कुनै संलग्नता नभएको भन्दै फेस सेबिङ गरिरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…