• २०७६ कार्तिक ३० शनिवार
    उर्लाबारी, उर्लाबारी ७ बैसाबारीस्थित पाथीभरामन्दिर रेखदेख गर्दै आएका जंङ्गी बाबाले आफु एक ‘गजडी समूह’बाट असुरक्षित भएको जनाएका छन् । स्वयम्भु योगी त्रिकालेश्वर आनन्द (जङ्गी बाबा) ले आफ्नै नाम ‘त्रिकालेश्वर’ भजाएर सो समूहले त्रिकाल परिवारको नाममा गतिविधि गरिरहेको बताएका छन् ।

    उर्लाबारी दुर्गापुरीका नारायण भन्ने टंकबहादुर बस्नेतको समूहले सामाजिक गतिविधिका नाममा ‘स्वेत आतङ्क’ मच्चाएको भन्दै जङ्गी बाबाले सो समूहलाई कारवाहीको दायरमा ल्याउन ढिला भैसकेकोपनि जनाए ।

    उर्लाबारीमा संचारकर्मीहरु संगको भेटमा जङ्गी बाबाले बस्नेत समूहले गरेको ‘हर्कत’का बारेमा संक्षिप्त रुपमा जनकारी गराएका छन् ।

    कुटी बनाउन संकलन गरेको एक ट्याक्टर बाँस फिर्ता गर्ने सर्तमा लगेपनि हालसम्म फिर्ता नगरेको भन्दै जङ्गी बाबाले उर्लाबारी नगरपालिकाबाट योग शिविर संचालनका लागि प्राप्त ३९ हजार छ सय रुपैयाँ रकममा पनि बस्नेत समूहले अनियमिता गरेको आरोप लगाए ।

     

    योग र आयुर्वेद चिकित्सा पद्धतिमा दख्खल राख्ने जङ्गी बाबाले आफ्नो लाखौ रुपैयाँको आयुर्वेदिक औषधिपनि बस्नेत समुहले बेचिदिने भन्दै जफत गरेको जानकारी दिए ।

    यसअघि उर्लाबारी ८ स्थित बक्राहा खोला कटान गर्न बाँसको ‘प्रकुपाइन’ बनाउने नाममा विनियोजित लाखौं रकम बस्नेत समुहले लिएको खुलासा भएको थियो ।

    कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजना मार्फत उनीहरुले १६ लाख भुक्तानी बुझेका थिए । जनश्रमदान समेतबाट कटान रोकिएपनि कुन शीर्षकमा र कुन हैसियतमा बस्नेत समुहले सरकारी रकम हत्याउन सफल भए स्थानीयमा खैलाबैला मच्चिएको छ । श्रोत सामाजिक संजालबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…