• मेरो घर कोटेश्वर, काठमाडौँ हो। बाल्यकालमा कहिलेकाहीँ मूलथलो गोरखा जाने गरिन्थ्यो। त्यहाँ हजुरबुबाले भजन गाउनुहुन्थ्यो। उहाँले गाएको देख्दा रमाइलो लाग्थ्यो। त्यहाँ भएका बाजागाजा बजाउन मन लाग्थ्यो। यसरी नै गीत–संगीतमा रुचि जाग्यो। कक्षा ८ मा हुँदा मैले गिटार बजाउन थालिसकेको थिएँ। गीत पनि गाउन थालेको थिएँ। अन्य बाजा पनि बजाउँथेँ। म्युजिकमा बढी ध्यान गएपछि पढाइ बिग्रँदै गयो।

    प्लस टूमा म्युजिक पढ्न थालेँ। तर, पढाइलाई निरन्तरता दिन सकिनँ। कलेज छाडेपछि विगत तीन वर्षदेखि घरमै गिटार बजाउँदै गीत गाउँदै गरेको छु। तीनटा कभरसङ गरेको छु। द भ्वाइसमा छनोट भएपछि आमाबुबा निकै खुशी हुनुहुन्छ। यस कार्यक्रमबाट मैले जेजति सिकेको छु, त्यसले मेरो सांंगीतिक जीवनलाई अगाडि बढ्न बसघाउन पुर्‍याउनेछ। मेरो जीवनमा संगीतका अगाडि अरू सबै कुरा अर्थहीन छन्। गीतमा जिउनुको अर्थ पाउँछु।

    स्थानीयको साथ सहयोग

    सनिसलाई जितायने उदेश्यले दीपनगर टोल सुधार समिति, निखिलेश्वर महिला सहकारी संस्था, सूर्यकोट सहकारी संस्था र कस्मिक इन्टरनेशनल स्कूल परिवा्र लगायत छरछिमेक सबै तनमनले लागिरहनुभएको छ । आमा जमुना भावुक हुँदै भन्नुहुन्छ, सनिस अब मेरो मात्र छोरो रहेन, उसलाई अघि बढाउने जिम्मा तपाई हाम्रै हातमा छ ।

    घर परिवारको आग्रह

    दी भ्वोइसमा आगामी चरणमा प्रवेश गर्नका लागि भोट आवश्यक पर्ने भएकाले भोटिङ गरेर सहयोग पुर्‍याइदिन सनिशकी आमा जमुना ढकाल श्रेष्ठले आग्रह गरेकी छिन्।

    सनिशलाई अघि बढाउन र हौसला प्रदान आमा जमुना र बुवा विजय श्रेष्ठ निरन्तर लागिरहेका छन्।

    ‘सनिशको लक्ष्यले सांगीतिक जगतमा योगदान पुर्‍याउने नै भएकाले अहिले हामीले हौसला प्रदान गर्नुपर्ने छ,’ जमुना भन्छिन्, ‘त्यसका लागि भोट गर्नुहुने सबैमा मेरो विशेष आभार छ, धन्यवाद छ, यो सहयोग जारी रहने अपेक्षा गरेकी छु।’

     

    यसरी गर्ने भोट

    सनिश श्रेष्ठलाई नेपालबाट भोट गर्नका लागि ०९ टाइप गरी ३७००० मा पठाउनुपर्नेछ। त्यसैगरि कतारका लागि ०९ टाइप गरी ९२३०० र भारतका लागि ०९ टाइम गरी ५३०१० मा पठाउन सकिने छ।



     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…