मेरो घर उर्लाबारी, मोरङ हो। पहिले मलाई नृत्यमा रुचि थियो। कक्षा ९ मा पुगेपछि गाउन थालेँ। २०६९ सालमा काठमाडौँ आएर संगीत सिक्न थालेँ। नेपाल ताराको तेस्रो सिजनमा टप २० सम्म पुग्न सफल भएकी थिएँ।
मेरा तीन दर्जनजति गीत सार्वजनिक भएका छन्। त्यसबाहेक कभरसङ पनि गाएकी छु। द भ्वाइसमा आएपछि भोलिका दिनमा गीत–संगीतमा लागिरहने एउटा बाटो निर्माण भइरहेको छ।
~सर्वप्रथम त हजुरहरुको साथ सहयोग माया र शुभेच्छाले आज भ्वाइस अफ नेपालको टप १० मा पुग्न सफल भएकी छु । अनि धेरै खुशी छु , तपाईंहरु पनि खुशी हुनु हुन्छ भन्ने पुर्ण बिस्वास लिएकी छु । मलाइ अझै माथी पुर्याउने हात तपाइहरुमै छ । अझै मेहेनत गर्ने छु । अनि बृहत रुपमा तपाईहरुबाट साथ सहयोग र हौसलाको अनुरोध गर्दछु । love you all....💕💕सेउपाखा शुभरात्री....🙏🤗🤗💙💙