उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धान देखि थुनामा राख्ने आदेशसम्मको विवरण माग्ने आदेश गरेको छ।
महराले आफूलाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग गर्दै बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका थिए। सोही निवेदनमा सुनुवाई गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले कैफियत प्रतिवेदन दिन आदेश गरेका हुन् ।
उच्च अदालतका सूचना अधिकारी मोहन सुवेदीका अनुसार उच्च अदालतले जिल्ला अदालतलाई पत्र लेखेर प्रतिवेदन मगाउनेछ ।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        