• रातोकलम अनलाइन।

    क्वालालम्पुर,मङ्सिर-९

    नेपाल तामाङ घेदुङ मलेसियाले पहिलो एेतिहासिक अधिवेशन पश्चात मञ्जुश्री संम्वत २८५६ औं जिवा ल्हो (मुसा वर्ग) को पावन अवसरमा नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलाकार संघको सहकार्यमा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।

    आगामी २०२० जनवरी २५ तारिख आइतबारको दिन क्वालालम्पुर स्थित एरिना स्टार होटेल क्वालालम्पुरमा बृहत रुपमा मनाउने कार्यक्रम तयारी भइरहेको आयोजकले बताएका छन।

    “संसार भरि छरिएर रहेका सम्पूर्ण तामाङहरु एक हौं हाम्रो भाषा,धर्म,र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नारा लाई आत्मा साथ गर्दै सन् २००५ मा स्थापना भएको तत्कालीन तामाङ समाज मलेसिया गत जुन २१ मा नेपाल तामाङ घेदुङ मलेसिया सङ्ग मर्ज गरिए पश्चात् तामाङ जातिको महान राष्ट्रिय पर्व सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सदा झै आयोजना गर्न लागिएको हो।

    उक्त कार्यक्रम नेपालको राष्ट्रिय तामाङ कलाकारहरु फुल कुमार बोम्जन तामाङ, बिमला थिङ तामाङ,आरम्भ थोकर तामाङ सिर्जना स्याङतान तामाङ तथा मोडेल/डान्सर निरञ्जली थोकर तामाङ र साथमा स्थानीय कलाकार हरुको पनि बेजोड प्रस्तुति रहने भएको छ।

    कार्यक्रममा मलेसिया भरि छरिएर रहनुभएका अाम तामाङ तथा गैर तामाङ समुदाय हरुलाई लक्षित गर्दै बिना प्रवेश शुल्कनै कार्यक्रममा सहभागी गराउन लागिएको हो। सो कार्यक्रमलाई फुलबारी रेस्टुरेन्ट र मण्डला रेस्टुरेन्टले प्रायोजन गरेका छन।भने मिडिया पार्ट्नरको रुपमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ साखा मलेशियाले सहयोग गरेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…