शनिबार भएको उपनिर्वाचनमा सबैभन्दा बढी खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि र सबैभन्दा कम रोल्पाको थवाङ गाउँपालिका-१ को वडाध्यक्ष पदमा मतदान भएको छ ।
खार्पुनाथमा ८५ प्रतिशत मत खसेकाे छ भने थवाङमा १६ दशमलव ४ प्रतिशत मात्र मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाता रहेकोमा २ लाख ९७ हजार १ सय ३७ ले मतदान गरेका छन् । प्रारम्भिक विवरणअनुसार कुल मतदानकाे ६५ दशमलव ४३ प्रतिशत रहेको आयागले जनाएको छ ।
निर्वाचन शान्तिपूर्ण
प्रमुख आयुक्त दिनेश थपलियाले छिटपुट घटनाबाहेक शान्तिपूर्ण चुनाव सम्पन्न भएको बताए । तर, कास्की, दाङ, सर्लाही, डोटी र लमजुङ जिल्लाको मतदान केन्द्र नजिक बम विष्फोटलगायतको घटना भएको थियो । कन्चनपुरको पूर्नवासा नगरपालिका ३ को मतदानस्थल नजिक फेला परेको शंकास्पद वस्तु सेनाको टोलीले डिस्पोज गरेको थियो ।