• शनिबार भएको उपनिर्वाचनमा सबैभन्दा बढी खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि र सबैभन्दा कम रोल्पाको थवाङ गाउँपालिका-१ को वडाध्यक्ष पदमा मतदान भएको छ ।
    खार्पुनाथमा ८५ प्रतिशत मत खसेकाे छ भने थवाङमा १६ दशमलव ४ प्रतिशत मात्र मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

    उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाता रहेकोमा २ लाख ९७ हजार १ सय ३७ ले मतदान गरेका छन् । प्रारम्भिक विवरणअनुसार कुल मतदानकाे ६५ दशमलव ४३ प्रतिशत रहेको आयागले जनाएको छ ।

    निर्वाचन शान्तिपूर्ण

    प्रमुख आयुक्त दिनेश थपलियाले छिटपुट घटनाबाहेक शान्तिपूर्ण चुनाव सम्पन्न भएको बताए । तर, कास्की, दाङ, सर्लाही, डोटी र लमजुङ जिल्लाको मतदान केन्द्र नजिक बम विष्फोटलगायतको घटना भएको थियो । कन्चनपुरको पूर्नवासा नगरपालिका ३ को मतदानस्थल नजिक फेला परेको शंकास्पद वस्तु सेनाको टोलीले डिस्पोज गरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…