इलाम । इलामको चुलाचुलीमा भेटिएका अचम्मका जोडी भाइरल बनेपछि युट्यूवरको भिडभाड बढेको छ ।
काठमाडौं, चितवनलगायतका युट्यूवर पनि भाइरल जोडीको भिडियो खिच्न पुगेका छन् । युट्यूवरकै कारण चर्चामा आएको यो जोडीलाई विभिन्न हर्कत गर्न लगाउँदै भिडियो खिच्ने र युट्यूवमा हालेर भ्यूज बट्ल्ने काम भइरहेको छ । सामाजिक मर्यादा नै कतिपयले भुलेर भिडियो तयार पारेको पनि पाइएको छ । २१ बर्षीया पूजा र ६७ बर्षीय सिंहबहादुर लिम्बूले विहे गरेको १० महिनापछि मिडियामा भाइरल बनेका हुन् । उनी भाइरल बनेपछि दैनिक २० वटा युट्यूवर आउने गरेको स्थानीय बताउँछन् । युट्यूवरका कारण स्थानीय पनि आक्रोशित छन् ।
https://www.youtube.com/watch?v=aTY6usWvhh4&t=476s