• २०७६ मंसिर १४ शनिवार

    काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज भएको उपनिर्वाचनमा आफ्नो शानदार विजयीलाई उल्लासमय तवरले शुरु गरेको छ ।

    लमजुङ सुन्दरबजार नगरपालिका वडा नं २ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार नविन कुमार श्रेष्ठ (सुर्य) ९९३ मत ल्याउँदै विजयी हुनुभएको छ । त्यस्तै प्रकाश सँढाई (रुख) ४८२, गाई १६, लौरो १२, बदर ११ मत रहेको छ ।

    जसमा हालसम्म तीन ठाउँमा विजयी भइसकेको छ । जसमा सल्यान, कुमाख गाउँपालिका वडा नं. ५ मा भएको निर्वाचनमा धर्मे बुढाथोकी (ज्वाला) ७९२ विजयी हुनुभएको छ । कञ्चनपुरको पुनर्वास नपा वडा न ३ मा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५२८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

    त्यस्तै रोल्पाको थवाङ गाउँपालिका वडा नं. १ मा वडाध्यक्ष नेकपाका उमेदवार जनक बहादुर बुढाले १७४ मत ल्याएर बिजयी हुनुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…