•  

    काठमाडौँ । अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता परिमार्जनका लागि नेकपाको नेतृत्वतहमा सहमति जुटेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा एमसीसी परिमार्जनका लागि सहमति जुटेको हो । बैठकमा कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ गरेका थिए । त्यसकै आधारमा एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने सहमति जुटेको नेकपा उपाध्यक्ष वामदेव गौतमले इकान्तिपुरलाई बताए ।

    ‘कार्यदलको तर्फबाट ब्रिफिङ भयो। कार्यदलका संयोजकले अध्ययनलाई आधार मानेर त्यसमा रहेका गम्भीर र आपत्तिजनक कुराहरु सुनाउनुभयो। त्यो सुनेपछि सचिवालयका सबै सदस्य एमसीसी जस्ताको तस्तै पास गर्नुहुँदैन भन्ने निष्कर्षमा पुग्यौं,’ उपाध्यक्ष गौतमले भने, ‘अब कार्यदलका सबै सदस्यले प्रतिवेदनमाथि थप अध्ययन गर्ने र अर्को बैठकबाट एमसीसीबारे निर्णय गर्ने गरी उठ्यौं।’

    बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठबाहेक सबै उपस्थित थिए। सचिवालय सदस्यले प्रतिवेदन अध्ययन गरेपछि दुईरतीन दिनमा सचिवालयको अर्को बैठक बस्ने छ।

    वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको थियो। शनिबार कार्यदलले प्रतिवेदनको विषयबस्तुबारे सचिवालय बैठकमा ब्रिफिङ गरेको हो।

    माघ १५ देखि १९ सम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकमा एमसीसीबारे विवाद भएपछि अध्ययनको लागि खनालको संयोजकत्वमा परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य प्रदिप ज्ञवाली र अर्का स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको कार्यदल गठन भएको थियो। उक्त कार्यदलले २० दिन अध्ययन गरेर प्रतिवेदन बुझाएको हो। कान्तिपुरबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…