२८ चैत्र, उर्लाबारी / बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) को संक्रमण बाट निम्तिएको बिपत्तीमा मानव स्वास्थ्यमा आइ परेको बिश्वब्यापी चुनौतिलाइ सामना गर्न सरकारको निर्देशन बमोजिम देस भरका स्थानिय तहहरुले आ-आफै राहत सन्कलन र बितरण गर्दै आएका छ्न ।
यसै प्रसङ्गमा यता प्रदेस न १ को कानेपोखरी गाउँपलिकाले भने एक दाताको आर्थिक सहयोग रकम अस्विकार गरेको खबर प्राप्त भएको छ । नेपाली काङ्ग्रेस महा-समिती सदस्य तथा मोरङ छेत्र न ३ का प्रतिनिधि सभा उम्मेद्बार डा. सुनिल सर्माले रु ५ लाख सहयोग उपलब्ध गर्न कानेपोखरि गाउपालिकका प्रतिनिधिलाइ बेलबारी नगरपालिका बोलाउदा आधिकारिक रुपमा जानकारी प्राप्त नभएकोले सहयोग अस्विकार गरिएको बताइएको छ ।
कानेपोखरि गाउपालिकाका प्रबक्ताले चैत्र २७ गते सामाजिक सन्जाल मार्फत प्रेस बिज्ञप्ति जारी गरि आधिकारिक जानकारी नआएको कारण सहयोग अस्विकार गरिएको ब्यहोराको उल्लेख गरि जनमानसमा थप भ्रम सिर्जना गर्ने निन्दनिय र गम्भीर कार्य गरेको हुदा हुदा यश कार्यप्रती नेपाली काङ्ग्रेस कानेपोखरीको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ ।
साथै आगामी दिनमा नेपाली काङ्ग्रेसले आफै राहत सन्कलन गर्ने र बितरण गर्ने ब्यहोरा सहितको जानकारि आज काङ्ग्रेस द्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । साथै काङ्ग्रेसले सहयोग गर्ने इच्छुक महानुभाब हरुलाइ रास्टिय बाणिज्य बैंक बयरबन साखाको खाता न २४००००००५६०१ मा सहयोग रकम जम्मा गरिदिनुहुन अपिल गरिएको जानकारी नेपाली काङ्रेस कानेपोखरि गाउँपालिकाका सभापती योगेन्द्र दाहाल द्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।