•  

    विराटनगर, चैत २८
    प्रदेश नं. १ मा सरकारले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला र जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ ।
    शुक्रबार बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र राहत वितरणलाई प्रभावकारी बनाउँन आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धि सुरक्षा योजना र जिम्मेवारी तोकेको हो । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले जिल्ला तहका क्वारेन्टाइनको जिम्मेवारी नेपाली सेनालाइ दिने व्यवस्था मिलाउने, लकडाउनलाई कडाइका साथ कार्यन्वयन गराउने, हाटबजार, मेला र जमघट बन्द गराउँने, राहत वितरण प्रभावकारी बनाउने, कोरोना जनसुरक्षा कोषबाट पालिकाहरुलाई उपलब्ध गराउनु पर्ने रकमबारे सिफारिस गर्नुपर्ने लगायतका जिम्मेवारी दिएको हो ।
    बैठकले कोशी कोरोना अस्पतालबाट कोरोना परीक्षणका लागि ल्याइएका ५ हजार र्यापिड टेस्ट किटबाट पहिलो चरणमा क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका शंकास्पद व्यक्तिहरुको परीक्षण गर्ने निर्ण गरेको छ ।
    साथै कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि डा शंकर अधिकारीको संयोजकत्वमा ७ सदस्यीय मेडिकल एक्सपर्ट ग्रुप समेत गठन गरेको छ । समितिको सदस्यमा पंकज खतिवडा, डा. शैलेशमणी पोखरेल, डा. सुर्य पराजुली, डा मोहन खडका, डा प्रेम प्रसाद आचार्य, र डा सुरेश मेहता रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…