• राजु पोख्रेल
    दमक/कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन अर्थात बन्दाबन्दीको उल्लंघन बढेपछि झापामा प्रहरी नयाँ रणनीति अपनाएको छ । प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई सडकमै २ घण्टा उभ्याएर कारवाही थालेको हो ।
    ‘टु आवरस् लकडाउन सेल’ नाम दिएर प्रहरीले जिल्लाको दमक र्थित दमक चोकमा बिर्तामोडस्थित मुक्तिचोक लगायत सम्भव हुने ठाउमा सामाजिक दूरीमा राखेर कारवाही गरेको छ।

     

    लकडाउनमा अत्यावश्यक कामबाहेक विभिन्न बहाना देखाएर घरबाहिर निस्कने क्रम बढेपछि प्रहरीले कारवाहीको नयाँ शैली अपनाएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए।

     

    प्रहरीले लकडाउन उल्लंघन गरी हिँडडुल गर्ने र सवारी चलाउने जिल्ला भरका २ सय भन्दा बढीलाई २ घण्टा उभ्याएको छ । नियन्त्रणमा लिइएका सवारीसाधन लकडाउन पछि दिएने झापा प्रहरीले जनाएको छ।

     

    यो कारवाहीको शैली लकडाउन अवधिभर निरन्तरता दिइने प्रहरीले जनाएको छ।
    यसैबीच, प्रहरीले लकडाउनको उल्लंघन गर्ने ३ सय बढी सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको अवधिमा जिल्लाका विभिन्न स्थानमा सवारी चलाउने ती सवारी साधानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

     

    प्रहरीले झापाको दमक, झिलझिले, माइधार, गौरादह, गौरीगञ्ज, कन्काई, बिर्तामोड, मेचीनगर, भद्रपुर लगायतको स्थानबाट ती सवारी साधन नियन्त्रणमा लिएको हो ।

     

    जिल्लाका विभिन्न स्थानबाट २८० वटा मोटरसाइकल, १२ वटा अटोरिक्सा, २ वटा ट्याक्टर र ५ वटा कारजिप नियन्त्रणमा लिएर मातहतमा प्रहरी कार्यलयमा राखिएको श्रेष्ठले बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…