• आदरणीय शिक्षा बिद
    बिद्यानाथ कोइराला र मनप्रसाद वाग्लेज्यु

     

    हजुरहरुसङ प्रत्यक्ष साक्षात्कार हुन नपाए पनि बिधुतिय सन्चारका साधनहरु सामाजिक संजाल ,रेडियो तथा टेलिभिजनमा शिक्षा सम्बन्धी बहसका कार्यक्रमहरुमा हजुरहरुका बिचारहरु सुन्न र पढ्न पाउदा मन हर्सित हुने गरेको नै छ। हजुरहरुले बारम्बार शिक्षा सम्बन्धी सभा सम्मेलन र गोस्ठि जिल्ला सदरमुकामका ठुला ,ठुला ५ तारे होटेलमा हुने र म दुर्गम ग्रामीण क्षेत्रमा कार्यरत शिक्षकको भएकोले कार्यक्रममा उपस्थित हुन १ हप्ता लाग्ने हुँदा प्रत्यक्ष साक्षात्कार हुन नपाएको मा दुखी हुदै अहिलेको बन्दाबन्दिको अबस्थामा पत्र कोरिरहेको छु।

     

    नेपालको शिक्षा निति तथा शिक्षण बिधिको कुराहरु ठुला ठुला तारे होटेलमा गर्दै सुबिधा सम्पन्न स्थानका शिक्षकहरु तथा बिद्यार्थिहरुका लागि धेरै अनुकुल हुने देखिन्छ किन कि ती सबै निति र विधि युरोपेली तथा अमेरिकी मुलुकबाट आयातित छन। नेपाली माटो सुहाउँदो बनाउने प्रयास बिनै डलरका खातिर निति र योजना हुबहु लागू गर्ने चेस्टा गरिन्छ।

     

    हाम्रो नेपाली समाज ,भूगोल ,राजनिती , सस्कृती तथा व्यबहार र आर्थिक अबस्थासङ मेल खादै अर्थतन्त्र सुधारोन्मुख भएको पाइदैन। यद्यपि दैनिक ३ घन्टा घरबाट हिडेर आउने आर्थिक अबस्था कमजोर भएका ग्रामिण क्षेत्रका साथै आर्थिक अबस्थाका कारण शहरी क्षेत्रमा अरुको घरमा काम गरि सामुदायिक बिध्यालयमा पढ्ने विद्यार्थीहरुका लागी हाल नेपालमा अबलम्बन गरिएको दोहोरो शिक्षा निति तथा शिक्षण विधि उपयुक्त देखिदैन।

     

    २०४८/४९ साल देखी सन्चालनमा रहेको कक्षा ११/१२ का विद्यार्थी एबम शिक्षकको बारेमा आजसम्म हजुरहरुले बोलेको र लेखेको कतै देखिदैन किन ?

     

    याद गर्नु भएको छ कि छैन आजसम्म कक्षा ११/१२ को अनिबार्य अंग्रेज़ीको पाठ्यक्रम र पुस्तक तीन दशकसम्म परिबर्तन भएको छैन। भने हाल सम्म त्यस तहमा शिक्षकको ब्यबस्थापन गरिएको छैन। कक्षा ११/१२ को तह जति सक्छौ लूट भनेर राज्यले बेवास्ता गर्दा शिक्षकहरुको सम्यन्त्र बिग्रनु तथा राज्यले ९/१२ लाई माबी तहमा गाभिसक्दा पनि सामुदायिक बिद्यालयहरुले पनि निजि बिद्यालय सरह बिहान, दिउसो र साझ आफ्नो अनुकुल सन्चालन गरिरहेका छन ।

     

    मलाई लाग्छ शिक्षा बिद्को काम भनेको बिदेशी शिक्षा नितिको अध्ययन पश्चात् हुबहु नेपालमा लागु नगरी देशको सामाजिक आर्थिक भौगोलिक सास्कृतिक राजनैतिक र समानुपातिक अबस्थासङ मेल खाने गरि निर्माण गरिनु पर्छ।यस बिसयमा राज्यलाई सुझाब दिनुहोस्।

     

    यदि निर्माण गर्न गाह्रो तथा परिमार्जन गर्दा शिक्षाको गुणस्तर घट्छ भन्ने लाग्छ होला? वा युरोपेली तथा अमेरिकी मुलुकको जनशक्ति नेपालमा उत्पादनमा कमि आइ ती मुलुक बाट वैदेशिक सहायता रोकिन्छ भन्ने होला?

     

    आजका मितिसम्म किन र केका लागी आवासिय सामुदायिक बिद्यालयको अबधारणा आउन सकेन।आवासिय सामुदायिक बिद्यालय भएको भए नेपालको ग्रामिण क्षेत्रका एक स्थानिय तहमा एउटा माबी बिद्यालय स्थापना गर्दा राज्यलाई शिक्षक कर्मचारी संख्यामा कमि, धेरै स्थानमा भबनको निर्माण तथा मसलन्द्को खर्चको बचत बाट बिध्यार्थिलाइ आवासिय खर्च पुगि हाल्ने थियो र ती बिध्यालयहरुमा सुचना प्रबिधिको सुबिधा पुर्याइ प्रबिधि मैत्री कक्षा सन्चालन गर्न सजिलो हुने थियो भन्ने कुरा राज्यलाई सुझाब दिनुहोस् ।

     

    हजुरहरुको आइरहने लेख र बिचारहरु शिक्षकहरुको खेदो खन्ने मात्र देखिन्छ। ग्रामिण क्षेत्रका शिक्षकहरु समाजका अगुवा,वकिल ,इन्जिनियर,डाक्टर ,अगुवा कृषक,र पत्रकार आदिको भुमिका निर्बाह गरिरहेका छन। राज्यलाई सहि सल्लाह तथा योजनाको लागी मार्ग निर्देशन गर्ने तपाईहरुको कमजोरिको कारण हाल शिक्षण सस्थामा १८ प्रकृतिका शिक्षक रहेका छन।एउटै समय र क्रियाकलापका लागी एउटै तहका शिक्षकको सेवा सुबिधा र राज्यले हेर्ने दृस्ठिकोण फरक फरक रहनुको साथै सुचना प्रबिधिको अभाव तथा भौगोलिक बिकटता र आर्थिक बिपन्नताले बिद्यार्थीहरु पिरोलिरहेको अबस्थामा कसरी अध्ययन अध्यापन कार्यलाई सुबिधा सम्पन्न शहर मुखी योजना अनुसार मिलान हुन नसकी कमजोर अबस्था देखिन गएको यथार्थ नै हो। त्यसैले हजुरहरुबाट राज्यको शिक्षा नीति निर्माण गर्दा ती कुराहरुलाइ पनि ध्यान दिन जरुरी देखिन्छ। ग्रामीण क्षेत्रमा शिक्षकहरुले खेलेको भुमिकाको प्रसम्सा गर्दै राज्यलाई शिक्षक सेवा सुबिधा र मर्यादाक्रम कायम गर्ने सुझाब दिनुहोस् ।

     

    हिन्दी चलचित्र "चक एन्ड डस्टर" र "रफ बुक"मा भए जस्तै शिक्षकहरु आफैमा अब्बल हुदाहुदै अनुपयुक्त शिक्षा निति तथा बिद्यालय ब्यबस्थापनका उच्च तह देखी स्थानिय तहसम्मका सरोकार ब्यक्तिहरुका गलत निर्णयहरुबाट शिक्षकहरु प्रताडित भएको अबस्थामा तपाइहरुबाट शिक्षकको खेदो खन्ने काम बाहेक केहि देखिदैन। यदि हजुर हरु अब्बल र सफल शिक्षा बिद नै हो भने भने हजुरहरुले अध्यापन गर्ने त्रिभुवन बिश्वबिद्धालयमा हजुरहरुले सत् प्रतिशत बिद्यार्थी उत्तिण भएका छन त?। यदि सत् प्रतिशत नै हो भने शिक्षा सेवा आयोगको लाइसेन्स परोक्षामा किन बढीमा १५% उत्तिण भए ? हामी सम्पुर्ण शिक्षक जवाफको प्रतीक्षामा छौ । त्यसैले शिक्षकलाई दोष लगाउन भन्दा अगाडि शिक्षा निति तथा शिक्षण विधि तथा बिध्यालयलाई राजनिती मुक्त गराउन राजनैतिक दल र सरकारलाई सुझाब दिनुहोस् ।

     

    बिस्वब्यापी रुपमा कोरोना संक्रमणका कारण विश्व नै lockdown मा रहेको अबस्थामा बिधुतिय प्रबिधि युक्त कक्षा सन्चालनको स्याल हुइया आइरहेको छ। यो कुरा गलत छ किन कि शैक्षिक सत्रको अन्तमा कक्षा १ देखी ९ सम्मको परिक्षा सम्पन्न भैसकेको छ। नतिजा प्रकाशन हुन बाकी हुदाहुदै ती बिद्यार्थीहरुलाइ साबिकको कक्षा अध्यापन गराउने कि अब उत्तिण भएर जाने कक्षाको?

     

    शैक्षिक योग्यताका प्रमाणपत्रमा आकर्षक अन्क ल्याउने तर दैनिक जिबनमा आफै गर्नुपर्ने काममा सुबिधा सम्पन्न स्थानका बिद्यार्थीहरु कमजोर रहेको देखिएको छ।

     

    घर मानिसको पहिलो पाठशाला र आमाबाबु पहिलो शिक्षक भएको हुँदा ब्यबहारिक ज्ञानको सिकाइको लागी अभिभावक लाई प्रशिक्षण गर्दै अबिभाकको सहयोगबाट बिद्यार्थीहरुमा असल र सुसस्कृत तथा ब्यबहारिक ज्ञानमा निपुर्णता दिलाउन सकिन्छ। अहिलेको बन्दाबन्दीको समय यसै कुरामा लगाउनु राज्यका लागी उपयुक्त हुने छ।यस कुराको सुझाब दिनुहोस् ।

     

    त्यसो भए शिक्षकहरु तलब आएकै छ भनेर राज्य प्रतिको दायित्व बिर्सी खेतवारि खन्ने ,घास काट्ने ,मल बोक्ने तथा घरमा काम नभएर चामल र चिनिका गेडा तथा टाउकोका रौ गन्दै बस्ने त? भन्ने प्रश्न पनि आउन सक्छ। शैक्षिक शत्रको सुरुको अबस्था भएको हुदा आउदो शैक्षिक शत्रमा आयोजना हुने विभिन्न प्रकारका नेतृत्व ,पेशागत ,बिसयगत तथा पुनर्ताजगी तालिमहरुको सन्चालन गर्दै कमजोर आकलन गरिएका शिक्षकहरुलाइ बिधुतिय प्रबिधि मैत्री बाट शिक्षक लाई राज्यले आउदा दिनमा अपनाउने शिक्षण बिधि तथा शिक्षा नितिको बारेमा अभिमुखिकरण गर्दै जनस्तर सम्म पुर्याइ सबल र आत्मनिर्भर रास्ट्र निर्माणमा सहयोग पुग्ने हुदा उक्त कुरा गर्न राज्यलाई सुझाब दिनुहोस् ।बिद्यालयमा पठनपाठन चलिरहेको समयमा शिक्षकलाई दिइने तालिमले शिक्षकलाई सुधार उन्मुख गरेता पनि बिद्यार्थीको पठनपाठनको तालिका अबरुद्ध भै समयमै पाठ्यपुस्तक समापनमा गाह्रो हुने कुरा राज्यलाई सुझाब दिनुहोस् ।

     

    बिस्वको इतिहास हेर्दा विभिन्न भयावह माहामारी तथा पहिलो र दोस्रो बिश्व युद्ध पछिको बिस्वको राजनैतिक, सामाजिक, आर्थिक,शैक्षिक,सास्कृतिक तथा मानसिक अबस्था हेर्दा आकाश पातालको भिन्नता पाइन्छ।कोरोना संक्रमणको भयावह स्थितीलाई नेपालले अबशरको रुपमा ग्रहण गर्दै नेपालको शिक्षा निति तथा शिक्षण विधि र पाठ्यक्रम निर्माण देशको आर्थिक,सामाजिक ,नैतिक ,आर्थिक तथा मानसिक अबस्था सुहाउँदो गर्नु उपयुक्त हुने नै छ।अन्यथा युरोपेली तथा अमेरिकी नमुना प्रयोगले दक्ष जनशक्ति उत्पादन हुँदै बिदेश पलाएन हुने हुदा उपयुक्त निति तय गर्न राज्यलाई सुझाब दिनुहोस् ।

     

    माथिका सुझाव राज्यलाई दिएर कार्यान्वयन गराउन सक्नुहुन्न भने शिक्षकलाई सधै खेदो मात्र खनिरने।के हजुरहरुको विशेषज्ञता शिक्षकलाई गाली गर्नमा मात्र रहेछ भन्ने कुरा आम शिक्षकहरु बुझ्ने नै छौ ।

     

    जब सम्म शिक्षा बिद्ले राज्यको शिक्षा्क्षेत्रलाइ नेपालको ग्रामिण क्षेत्रको आधारमा निर्माण गर्न पहल हुदैन भबिश्यमा भयावह स्थिती आउने कुराको जानकारी दिदै सबल रास्ट्र निर्माणमा शिक्षा क्षेत्रमा अहम् भुमिका खेल्न हुन अनुरोध गर्दछु।

    अनन्त राज पन्त
    उप महासचिव हिस्टुन केन्द्रिय समिती
    कार्य समिती सदस्य नेपाल शिक्षक संघ कर्णाली प्रदेश
    २०७७ बैशाख ०९

    यो लेखकको निजी विचार हो । यसमा रातोकलमको सम्पादकीय नीति प्रतिविम्वित छैन। हामी सबैखाले विचारको सम्मान गर्छौं-सम्पादक

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…