• गुरु प्रसाद रेग्मी ,युएई
    बैदेशिक रोजगारिको शिलसिलामा युएई आइपुगेकी सोलुखुम्बु जिल्ला साबिकबुङ -६ निवासी सुम्निमा कुलुङ राई युएईमा घरेलु कामदारको रुपमा कार्यारत थिइन ।कम्पनिमा काम लगाइदिने सर्तमा दलालको सेटिङ्ग मार्फत युएई आएकी राई दलालले घरेलु कामदारको रुपमा पठाए पछी दैनिक १५ घण्टा काम गर्न विवश थिइन । दलाल चिन्न नसक्दा राई मात्र हैन यहाँ दलालको पन्जामा परेर सयौ नेपाली चेलीको बिचल्ली भएको छ भने राइ एक प्रतीनिधी पात्र मात्र हुन ।

    घरमालिकको बिभिन्न शारिरिक र मानसिक पिडावाट आक्रान्त राई एक घर बाट अर्को घर पटक पटक सारिएको र अत्यन्त कठिन अवस्था सिर्जना भएपछी भागेर नेपाली दुतावास आबुधाबिको सेल्टरमा आएको जानकारी पश्चात् भोजपुर हातेमालो समाज र किरात राई यायोख्खाका प्रतीनिधीहरु भोजपुर हातेमालो समाजका अध्यक्ष र किरात राई यायोख्खाका प्रथम उपअध्यक्ष चन्द्र साम्पाङ राईको संयुक्त सहकार्यमा सम्पूर्ण कानुनी प्रकृया पुरा गरे पश्चात् हवाई टिकटको साथमा आर्थीक सहयोग नगद ४०० दिर्हाम उपलब्द गराइ उद्धार गरेको छ ।
    सुम्निमाको पिडाले स्तब्ध बनाए पछी दुबै सस्थाका प्रमुख बिचको छलफल पछी रकम सङ्कलन गरेर उनिलाई नगद सहयोग हस्तान्तरण गरिएको भोजपुर हातेमालो समाज युएइ का केन्द्रिय अध्यक्ष ज्ञान बहादुर राईले जानकारी गराए ।
    सम्पूर्ण नेपालीलाइ बैदेशिक रोजगारिमा आउँदा सम्वन्धित निकायमा बुजेर मात्र आउन र अन्य दोश्रो मुलुक भारत हुँदै आउन नहुने भन्दै भावी दिनमा सचेत रहन किरात राई यायोख्खाका कार्यवाहक अध्यक्ष बुद्धी राई (आवेग ) ले सन्देश दिएका छन ।
    यस अघिका दिनहरुमा पनि जिल्लामा परेको आपत बिपतमा भोजपुरहातेमालो समाजले सहयोग गर्दै आएको जानकारी समाजका महासचिब तिर्थ योन्जनले दिए भने बिदेश आउँदा सम्पूर्ण नेपाली चेलीलाई बुझेर अनि काठमण्डौ नेपाल कै बिमानस्थल प्रयोग गर्न आग्रह समेत गर्दै जनचेतनाका लागी सबैलाई अपिल समेत गरेका छन ।
    दुबै सस्थाले नेपाली दुतावास अबुधाबी सगको सहकार्यमा उद्धार गरिएकी राई आज हिमालयन एयरलाईन्सको उडान मार्फत नेपाल प्रस्थान गर्दै छिन ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…