• बैशाख १३, पथरी ।
    मोरङको पथरीशनिश्चरे नगरपालिकाले लकडाउनको कारण लामो समयदेखि विचल्लीमा परेका आफ्नो क्षेत्रका जनता ल्याउन सुरु गरेको छ ।
    महिनादिन लामो लकडाउनबाट काठमाडौंमा प्रभावित नगरबासीलाई घर फर्काउन थालिएको हो ।
    सोही प्रयास स्वरुप शनिबार १ सय ७१ जना नागरिकलाई नगरपालिका ल्याइएको नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले बताइन् ।
    वाकी रहेका नगरिक, विद्यार्थी, श्रम गरि जिविको पार्जन गरिरहेका अन्य व्याक्तिहरुलाई ल्याउने तयारी रहेको विष्टले बताईन ।


    सात वटा बस रिजर्व गरी घर फर्किन चाहने नागरिकलाई ल्याएका हुन् । काठ्माडौंबाट पथरीशनिश्चरे आइपुगेका सबैलाई स्वास्थ्य कर्मीहरुले ज्वरो नापिएको थियो । भने उनिहरुलाई नास्ताको समेत व्यावस्थापन गरिएको जनाइएको छ ।
    काठमाडौबाट आएको सात वटै बसलाई समेत सेनिटाइज गरिएको थियो । पथरी आएका सम्पूर्णलाई होम क्वारेन्टाइनमा बस्न स्वास्थ्यकर्मी मुरारी आचार्यले सुझाव दिएका थिए ।
    काठमाडौबाट आएका नागरिकलाई स्वागत तथा स्वास्थ्य सल्लाह दिन नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वडा नम्बर १ का अध्यक्ष बाबुराम एङ्देन, २ को यमनाथ गुरागाई, ३ को डम्बर चेम्जोङ, ४ को गोविन्द भण्डारी, ५ को जयबहादुर तामाङ लगायतका वडा अध्यक्षहरु रंगशाला पुगेका थिए ।
    त्यहाँ पथरी उद्योगा वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, पथरी प्रहरी प्रमुख डीएसपी दिलिपकुमार गिरी, समाजसेवी प्रदीपकुमार राई, विजय डाँडी, कमल हाङबाङ, दुर्गा भट्टराई लगायतको टोली सहयोग पु¥याएका थिए ।


    सुरुमा १० नम्बर वडा अध्यक्ष सागर राई आफ्नो वडाको जनता लिन काठमाडौं गएका थिए । समाजिक सञ्जालमा सूचना गर्दा घर फिर्ने जनताको संख्या बढेपछि नगरभरीको ल्याउनु परेको अध्यक्ष राईले बताए ।
    १० नम्बर वडा अध्यक्षको नेतृत्वमा आएको पाँच वटा बसको लागि दुई लाख ५० हजार खर्चहुने राईले बताए । जसमा ६१ हजार भाडा उठेको बाँकी रकम नगरपालिकाबाट खर्च हुने बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…