• विश्वको नयाँ संक्रमितको तथ्यांक यस्तो छ


    काठमाडौं । विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८ लाख २७ हजार ४३५ पुगेको छ भने मृतकको संख्या करिव २ लाख अर्थात १ लाख ९६ हजार ९५६ पुगेको छ । उपचारपछि अस्पतालबाट घर फर्कनेको संख्या पनि कम छैन । करिव ७ लाख ८० हजार ८५ ले उपचार पाइसकेका छन् । ५८ हजार ३६७ अर्थात कुल संख्याको ३ प्रतिशतको अवस्था प्रतिदिन नाजुक हुदै गएको छ ।

    कोरोना भाइरसबाट अहिलेसम्म सबैभन्दा बढी मर्नेहरुको संख्या अमेरिकामा छ भने इटाली र स्पेनको मृत्यु दर घट्दै गएको छ । हिजो अमेरिकामा १ हजार ८५१ को निधन भएको थियो भने इटालीमा ४२० र स्पेनमा हिजो ३३६ ले प्राण त्यागेका थिए । अमेरिकामा ५२ हजार ९३, इटालीमा २५ हजार ९६९, स्पेनमा २२ हजार ५२४ मृतकको संख्या पुगेका छ । अमेरिकाका संक्रमित ९ लाख २३ हजार ६९२ मध्ये करिव १ लाख व्यक्ति उपचारपछि अस्पतालबाट घर फर्किएका छन् ।

    न्युयोर्कमा मा २१ हजार २८३ को निधन भएको थियो । न्युयोर्कमा हिजै मात्र ४२२ को निधन भएको हो । अमेरिकामा रहेका पत्रकार किशोर सापकोटाले आप्mनो फेसबुक वालमा लेखेका छन्– कोरोना भाइरस संक्रमणवाट मृत्यु भएका करिव ५२ हजार मानिसमा वृद्ध र रोगी मात्रै छैनन् । अहिले युवा र वालवालिकाको पनि कोरोना संक्रमणवाट मृत्यु भइरहेको छ ।

    अमेरिकामा पछिल्लो समयमा अरु कुनै विराम नभएका ३० देखि ४० वर्षका उमेर समुहका कोरोना संक्रमित मानिसहरुको हृदयघातका कारण निधन भइरहेको छ किनकी कोरोना संक्रमणले उनीहरुको रगत अचानक जम्ने (व्लड क्लट) हुने गरेको पाइएको चिकित्सकहरुले वताएका छन् । कतिपय युवावस्थाका मानिसहरुले हृदयघातको लक्षण देखिंदासम्म पनि अस्पतालमा झन् भयावह अवस्था हुने ठानेर आपतकालिन सेवालाई नवोलाउंदा मृत्यु हुन पुगेको चिकित्सकहरुले वताएका छन् ।

    न्यूयोर्कको माउन्ट सिनाइ हेल्थ सिष्टमका चिकित्सक डा. तमस अस्लेले भनेका छन्, कोरोना भाइरस संक्रमणको कारण व्लड क्लट भएर मर्नेहरु सवै ५० वर्ष मुनिका छन् । उनले अगाडी लेखेका छन्– व्यापारीहरुको स्वार्थमा चल्ने राष्ट्रपतिको शासकीय पद्धतिभित्र रहेर कसरी सेवा दिन सक्लान् ? चिकित्सक र नर्सहरुका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) समेत सकिंदै गएको अवस्थामा कसरी उनीहरु आफ्नो उत्तरदायित्व निभाउन सक्लान ? न्यूयोर्कमा एउटै परिवारका चिकित्सक वावुछोरीको मृत्यु भएको देख्दा उनीहरुलाई कस्तो महसुस भएको होला ? आफुसँगै काम गरिरहेका स्वास्थकर्मीहरुको निधन हुँदा उनीहरुको मनोविज्ञान कस्तो भएको होला ?

    समग्र अवस्था हेरिसक्दा प्रश्न उठ्छ अव केही विकल्प वांकी छैन त ? सत्य यही हो, जवसम्म खोप वन्दैन, अमेरिकाले कोरोनालाई पराजित गर्न सक्दैन । कोरोना आफ्नो कोर्षमा अगाडि वढ्छ, अमेरिका आफ्नो कोर्षमा अगाडि वढ्छ । यसमा कति मानिस संक्रमित हुन्छन् र कति मर्छन् अनुमान गर्नु निकै कठिन हुन्छ ।

    यसैबीच, अमेरिकामा पछिल्लो पाँच सातामा बेरोजगारी सुविधाको लागि आवेदन दिनेको संख्या करिव तीन करोड नाघेको छ । कोरोना भाइरस नियन्त्रणको लागि अपनाइएको सुरक्षाले अमेरिकाभर बेरोजगारीको संख्यामा बढेको छ । अमेरिकामा बढ्दो बेरोजगारीको कारण अर्थतन्त्रमा पनि ठूलो असर पर्न सक्ने अर्थशास्त्रीहरूले चेतावनी दिँदै आएका छन् ।

    सार्क मुलुकको कोरोनाको अवस्था
    दक्षिण एशियाका सार्क मुलुकमध्ये सबैभन्दा ठूलो जनसंख्या भएको मुलुक भारतमा मर्नेको संख्या ७८० पुगेको छ । त्यस्तै कोरोना संक्रमित २४ हजार ४४७ पुगेका छ भने हिजो मात्र १ हजार ४०७ नयाँ संक्रमित थपिएका छन् । पाकिस्तानमा हिजो मात्र ८८३ नयाँ संक्रमित भेटिएपछि संक्रमितको संख्या ११ हजार ९४० पुगेको छ भने मर्नेको संख्या २५३ छ । बंगलादेशमा ५४६ नयाँ संक्रमित थपिदा ४ हजार ६८९ पुगेका छ । बंगलादेशमा मर्नेको संख्या अहिलेसम्म १३१ मात्र छ । श्रीलंकामा ७ जनाको निधन भएको छ भने संक्रमितको संख्या ५ सय पुग्न सकेको छैन । नेपालमा भने हिजो शुक्रवार ६२ वर्षिया बृद्ध १ जना संक्रमित थपिएपछि ४९ पुगेको छ । १० जनाले संक्रमणबाट मुक्ति पाएका छन् अर्थात उपचारपछि अस्पतालबाट घर फर्किसकेका छन् । काठमाडौलाई कोरोना मुक्त क्षेत्र भनिदैछ । संक्रमितमध्ये करिव आधा संख्या भारतीय र पाकिस्तानी छन् । भुटानले संक्रमित संख्या ७ बाट बढ्न दिएको छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…