• वैशाख १५, पथरी ।
    कोरोना संक्रमण फैलने त्रासका कारण एक महिना लामो बन्दाबन्दीले काठमाडौमा फसेका एक हजार भन्दा वढी सर्वसाधरण यति वेला गृह जिल्ला मोरङ भित्रिएका छन् ।
    मोरङका स्थानिय तहहरुको समन्वयमा काठमान्डौमा ज्याला मजदुरी गर्ने व्याक्ति, विद्यार्थी, कोठा भाडामा वसी व्यावसाय गर्दै आएका सर्वसाधणहरुको दैनिकी लकडाउनले दिन प्रतिदिन कष्टकर वन्दै गएपछि स्थानिय सरकार उनिहरुको उद्धारमा जुटेको हो ।
    मोरङका १७ स्थानिय तहहरुमध्येमा अहिले सम्म पथरी शनिश्चरे नगरपालिकामा ३२२ जना, वेलवारीमा ३१५, लेटाङमा १११, रंगेलीमा ९४, सुनवर्षीमा ७७, सुन्दरहरैचामा ४७ र कानेपोखरी गाउपालिकामा १२०, गरि एक हजार भन्दा वढी सर्वसाधरण गृह जिल्ला भित्रि सकेका छन् । भने छिटफुटरुपमा भित्रिनेको तथ्याङक कुनै पनि निकाय सग छैन ।


    यि स्थानिय तहहरुमध्ये वेलवारी, सुन्दरहरैचा, सुनवर्षी र रंगेली नगरापलिकाले गृह नगर फर्किन चाहेका आफ्ना नागरिकको समपूर्ण खर्च पालिकाले व्यावस्थापन गरेको छ ।
    अन्य पालिकाले समन्वयकारी भुमिका मात्र निर्वाह गरेका छन् । त्यसमा पनि पथरीशनिश्चरेमा आर्थीक व्यावस्थापनलाई लिएर अनौपचारिक विवाद उत्पन्न भएको देखिन्छ ।
    पथरी शनिश्चरेले केही व्याक्ति काठमान्डौ पथरी मैत्रि समाजको समन्वयमा ल्याएको छ भने केही व्यक्ति स्थानिय जनप्रतिनिधि सहित केही युवाहरुको समन्वयमा आएका कारण आर्थिक व्यावस्थापनमा नगरपालिकामा समस्या देखिएको कुरा वाहिर आएको छ ।
    अधिकाश आउने व्याक्तिहरुले प्रतिव्याक्ति १ हजार ५ सय रुपैया भाडा तिकेको पाइएको छ ।
    यस्तै विराटनगर महानगरपालिका सहित अन्य स्थानियतहहरुले पनि आफ्ना नागरिकलाई ल्याउने तयारी गरिरहेका छन् । तसर्थ जिल्ला फर्कनेको संख्या अझै वढ्दै जाने पक्कापक्की छ ।


    कोरोना संत्रमणको पछिल्लो अवस्थालाई हेर्ने हो भने प्रदेश नम्वर १ उच्च जोखिममा रहेको छ ।  मोरङ जिल्लामा पनि २ जना कोरोना संक्रमित फेला परिसकेका छन् । जसको कारण कोरोना संक्रमणको त्रास स्थानियहरुमा झनै वढ्दै गईरहेको छ ।
    यसैविच स्थानिय सरकारले काठमन्डौमा वन्दाबन्दीले फसेका नागरिकलाई उद्धार गरि ल्याउदा, सरकारले आफ्नो कर्तव्य त पुरा गरिरहेको देखिन्छ । तर यसले संक्रमण भने झनै फैलन सक्ने खतरा रहेको केही स्थानियहरु बताउछन्
    सरकारले वन्दावन्दीमा परेका आफ्ना नागरिकलाई संक्रमणको यो समयमा गृह जिल्ला अथवा गृह पालिकामा ल्याउनु भन्दा पनि उनिहरुको तथ्याङक संकलन गरि सोही स्थानमा राहत व्यावस्थापन गर्न सके उचित हुने र संक्रमण फैलन सक्ने सम्भावना कम हुने तर्क स्थानियहरुको रहेको छ ।


    लकडाउनमा फसेका सर्वसाधरणलाई स्थानिय सरकार र जनप्रतिनिधिहरुको समन्वयनकारी भुमिकाले जिल्ला फर्किने वातावरण सिर्जना भएता पनि गाउघरमा आएपछि उनिहरु होमक्वारेन्टाइनमा नवस्ने गरेको जनगुनासो आउन थालिसकेको छ ।
    गाँउमा फर्किएका सर्वसाधरणहरुको निगरानी गर्ने स्थानिय सरकार सग कुनै औपचारिक संयन्त्र पनि छैन । काठमान्डौ बाट आएका सर्वसाधरण सामान्य ज्वरो जाँच पश्चात सिदै घर प्रवेश गर्ने गरेका छन् ।
    कोरोना संक्रमण न्युनिकरणका लाई वाहिर बाट आएका सर्वसाधरणहरुले सामान्यतया १४ दिन सम्म होमक्वारेन्टाइनमा वस्नु पर्ने नियम भएता पनि व्यावहारमा भने त्यो पालना भएको देखिदैन । जसले जोखिम बढ्न सक्ने खतरा रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…