• काठमाडौं । देशभरको मौसम आज पनि सुधार नहुने भएको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका विभिन्न स्थानमा हुरिबताससहित असिना पानी पर्ने सम्भावना कायमै रहेको छ ।

    पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलबाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले आज पनि वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

    अहिले पश्चिम तथा पूर्वका केही क्षेत्र र मध्य पहाडी भू–भागमा सामान्य बदली भई एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

    दिउँसोसम्म देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

    आज राति पनि देशभर सामान्य बदली भई मध्य र पूर्व तथा पश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिना र हावाहुरीसहितको बर्षा हुने महाशाखाले जनाएको छ ।

    प्रिमनसुन समेत सुरु भएपछि केही दिनयता दिनैपिच्छे वर्षा हुँदै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…