उर्लाबारी । लकडाउनको समयलाई सदुप्रयोग गर्दै मोरङको उर्लाबारी–७ स्कुलडाँडाका युवाहरु सामाजिक काममा जुटेका छन् ।
स्कुलडाँडा चौकदेखि बरगाछीसम्मको करिब एक किलो मिटर कालोपत्रे सडकको सजावटमा युवाहरु जुटेका हुन् । दुई लेन सडकको बीचमा रहेको डिभाइडरमा रङरोगन गर्नुका साथै फूलहरुको गोडमेल गरिएको नितम कार्कीले जानकारी दिनुभयो ।
https://www.facebook.com/1534564696851045/videos/588406018549829/
उहाँका अनुसार टोलका अग्रज व्यक्ति गोपाल काफ्लेको अगुवाइमा यूवा समूहले आ–आफुले आवश्यक सामग्री जुटाई सडक सौन्दर्यलाई मुर्तरुप दिइएको हो । घरमा बसेर सामाजिक संजालमा भाईरल भइरहने, अनावश्यक सामाग्री हेरेर, मोबाइलमा दिनरात गेम खेलेर वा छिमेकीको कुरा काटेर समय कटाउने भन्दा फुर्सदको समयलाई सामाजिक कार्यमा योगदान दिन सानै भएपनि प्रयास गरिएको अर्का युवा जिशन कार्कीले बताउनुभयो ।
[caption id="attachment_81003" align="alignnone" width="524"] DCIM100MEDIADJI_0018.JPG[/caption]