• उर्लाबारी । लकडाउनको समयलाई सदुप्रयोग गर्दै मोरङको उर्लाबारी–७ स्कुलडाँडाका युवाहरु सामाजिक काममा जुटेका छन् ।
    स्कुलडाँडा चौकदेखि बरगाछीसम्मको करिब एक किलो मिटर कालोपत्रे सडकको सजावटमा युवाहरु जुटेका हुन् । दुई लेन सडकको बीचमा रहेको डिभाइडरमा रङरोगन गर्नुका साथै फूलहरुको गोडमेल गरिएको  नितम कार्कीले जानकारी दिनुभयो ।

    https://www.facebook.com/1534564696851045/videos/588406018549829/

    उहाँका अनुसार टोलका अग्रज व्यक्ति गोपाल काफ्लेको अगुवाइमा यूवा समूहले आ–आफुले आवश्यक सामग्री जुटाई सडक सौन्दर्यलाई मुर्तरुप दिइएको हो । घरमा बसेर सामाजिक संजालमा भाईरल भइरहने, अनावश्यक सामाग्री हेरेर, मोबाइलमा दिनरात गेम खेलेर वा छिमेकीको कुरा काटेर समय कटाउने भन्दा फुर्सदको समयलाई सामाजिक कार्यमा योगदान दिन सानै भएपनि प्रयास गरिएको अर्का युवा जिशन कार्कीले बताउनुभयो ।

    [caption id="attachment_81003" align="alignnone" width="524"] DCIM100MEDIADJI_0018.JPG[/caption]





सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…