• काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एंव नेविसंघका पूर्व महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा दोलखामा सिमा अतिक्रम र वर्तमान सरकारको अधिनायकवाद विरुद्ध मशाल जुलुस प्रदर्शन गरिएको छ ।

    भारतद्वारा अतिक्रमित नेपाली भू-भाग फिर्ता गर्ने दिशामा वर्तमान कम्युनिष्ट सरकार नलागेको भन्दै नेता काफ्लेले ‘भारतीय विस्तारवादका अगाडि लम्पसार पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने’ जिकिर गरे ।

    नेपाली कांग्रेस तामाकोशी गाउँपालिकाले आयोजना गरेको मशाल जुलुस पछिको कोणसभालाई सम्बोधन गर्दै नेता काफ्लेले उक्त कुरा बताएका हुन् । यो सँगै कोरोना महामारीको प्रभाव नियन्त्रणको लागि सुरक्षीत क्वारेन्टाइन निर्माण गर्न समेत आग्रह गरेका छन् ।

    दोलखाको तामाकोशी गाउँपालिकाका जनप्रतिनिधिहरूले कोरोनाका नाममा ब्रह्मलूट मच्याउँदा समेत सरकार मौन रहेको काफ्लेको आरोप छ । कोरोनाका नाममा जिल्लामा पिपिई, स्यानिस्टाइजर, माक्समा कालोबजारी गर्दा समेत स्थानीय प्रशासन पनि मुकदर्शक बनेको उनको आरोप थियो ।

    कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस दोलखाका नेता कुमार भुजेलले ‘अतिक्रमित नेपाली भू-भाग तत्काल फिर्ता गर्ने वातावरण निर्माण गर्न’ सरकार सँग आग्रह गरेका छन् । यो सँगै कोरोना भाइरसका कारण आक्रान्त बनेका नागरिकको जीवन रक्षाको लागी चेतना जागृत गर्दै मशाल जुलुसले त्यसको शंखघोष गरेको दावी गरे ।

    नेपाली कांग्रेस तामाकोशी गाउँपालिकाका नेता गोपाल तिमल्सिनाले जनताको रक्षाका निम्ति माक्स, पञ्जा र सामाजिक दुरीको सुरुवात दोलखाको जफेबाट सुरु अभियान सुरुवात गरिएको उनले जानकारी दिए ।

    नेपाली कांग्रेस तामाकोशी गाउँपालिका सचिव चन्द्रगणेश काफ्लेले यहाँ कुनै पनि नागरिकलाई कोरोनाका कारण लकडाउनमा रहँदा खानाको समस्या परे तामाकोशी गाउँपालिका भर खानाको व्यवस्था गर्न नेपाली कांग्रेस तामाकोशी तयार रहेको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…