पुष्कर खड्का
काठमाडौ - रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ५ नाग्दहमा लिखु चार हाइड्रोपावरको तेल बोक्ने ना २ ख ५१०३ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो । तेल ट्याङकर गएराति अन्दाजी १० बजेको समयमा दुर्घटना भएको ईलाका प्रहरी कार्यलय धोबिडाडाले जनाएको छ ।
प्रहरीका अनुसार चालक र सहचालक दुबै जना सकुशल रहेका छन भने तेलको ट्याङ्कर बाटो कच्ची भएर र लोडका कारण दुर्घटना भएको र चालकको लापरबाहिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । ट्याङकर सडकबाट पाँच मिटर तल बारीमा पल्टिएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालयका प्रहरी हवल्दार सन्तोश नेपालीले जानकारी दिनुभयो ।