पुष्कर खड्का
काठमाडौ - रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका पिङ्खुरीमा एक महिलाले आत्महत्या गरेकी छन् । बिहिवार राती उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीका अनुसार बिहिबार राती उनले आत्महत्या गरेको र उनलाई आज बिहान घर नजिकैको जंगलमा झुन्डिको अवस्थामा मृत अवस्थामा फेला पारिएको छ। मृत अवस्थामा भेटिनेमा खाँडादेवी गाउँपालिकाको वडा नम्बर ९ पिङ्खुरीकी अन्दाजी ३० वर्षीय सुकुली मगर रहेकी जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वसन्त पाठकले जानकारी दिनुभयो ।
अहिले घटना स्थलमा प्रहरी पुगेको र शवलाई पोष्टमार्टमको लागि सदरमुकाम मन्थली ल्याउने तयारी भैरहेको छ। उनलेे किन आत्महत्य गरिन भन्नेबारे नखुलेकाले घट्नाको अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।