• पुष्कर खड्का

    काठमाडौ - धादिङबेसीमा रहेको रेडियो बिहानी ९७.६ मेगाहर्जको भवनमा शुक्रबार दिउँसो आगलागी हुँदा ५ लाख भन्दा बढीको क्षेती भएको छ ।



    सहिद स्मृति संचार सहकारी द्वारा संचालित रेडियो बिहानीको उक्त भवनमा आगलागी हुँदा उक्त भवनको सटरमा रहेको मासु पसल र सँगैको रेडियो बिहानीका स्टाफ बस्ने कोठामामा आगलागी हुँदा ५ लाख भन्दा बढी क्षेती भएको हो ।

    रेडियो बिहानीका स्टेशन म्यानेजर संजय देवकोटाका अनुसार उक्त भवनको सटरमा रामकोट फ्रेस हाउस (मासु पसल) थियो, उनीहरुले होटल समेत संचालन गरेका थिए, होटलमा म:म पकाउने क्रममा ग्यास लिक हुँदा आगलागी भएको थियो ।


    आगलागीबाट रेडियोको उपकरणमा क्षेती नपुगे पनि वाइरिङ जलेको अवस्था छ । धादिङबेसी स्थित नीलकण्ठ नगरपालिकामा रहेको दमकलको सहायताले प्रहरी र धादिङका सोसिएल भोलिण्टिएरहरुले आगो नियन्त्रण गर्दा थप क्षेती हुन नपाएको म्यानेजर देवकोटाले बताए ।

    रामकोट फ्रेस हाउसका संचालनक किशोर कुमार श्रेष्ठका अनुसार पसलमा रहेका फ्रिज देखि अन्य सबै सामान जलेर नष्ट भएको छ भने सिरानी मुनी राखिएको नगल १ लाख समेत जलेर नस्ट भयो ।


    उक्त भवनको माथिल्लो तलाबाट रेडियो विहानी संचालन हुँदै आएको थियो भने, तल्लो तलामा अगाडी सटर सहित २ कोठामा मासु पसल संचालन, अर्को एउटा कोठामा रेडियो स्टाफ बस्ने रुम र अर्को कोठामा पूर्व माओवादी केन्द्र पार्टीले प्रयोग गरि रहेको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…