• दिपक बस्नेत

    दोलखा - नेपाल पत्रकार महासंघ दोलखा शाखाले सदस्यता शुद्धीकरण प्रक्रियालाई अगाडि बढाएको छ ।नेपाल पत्रकार महासंघ दोलखा शाखाले गठन गरेको सदस्यता शुद्धीकरण समितिको सिफारिस अनुसार महासंघ जिल्ला कार्यसमितिको शुक्रवार बसेको बैठकले कार्यदलको सिफारिस अनुसार ९९ जना सदस्यको सदस्यता नवीकरण नगर्ने सिफारिस अनुमोदन गर्ने निर्णय गरेको हो ।



    नेपाल पत्रकार महासंघ दोलखा शाखामा १ सय ४५ जना सदस्य मध्ये ४६ जना सदस्यको मात्र नवीकरण गर्न कार्यदलले सिफारिस गरेको थियो । कार्यदलले निर्वा्चित जनप्रतिनिधि, स्थायी, अस्थायी निजामति कर्मचारी, राजनीतिक दलका प्रदेश र जिल्ला तहका पदाधिकारी, विदेशमा रहेका, र जिल्ला बाहिर कार्यक्षेत्र बनाएर काम गरिरहेका सदस्यको सदस्यता शुद्धीकरण गर्ने निर्णय गरेको हो ।




    नेपाल पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्य चिरञ्जीवि मास्केको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय कार्यदलले शुद्धीकरणका लागि जिल्लामा रहेर काम गर्ने सदस्यको हकमा भने सक्रियताको आधारलाई मानेर मापदण्ड तोकेको थियो । छापा÷रेडियो÷टेलिभिजन हकमा कम्तिमा मासिक १ ओटा पहिचान खुल्ने समाचार, आलेख, कार्यक्रम, लगायत महासंघको विधानले तोकेको विधामा प्रकाशित÷प्रशारित भएको, अनलाईनको हकमा मासिक कम्तिमा ७ ओटा पहिचान खुलेको समाचार आलेख लगायत महासंघको विधाले तोकेको विधा प्रकाशित भएका हुनपर्ने मापदण्ड बनाएर सदस्यता सुद्धीकरणको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।यसैगरी महासंघले शुद्धीकरणमा परेका सदस्यले नेपाल पत्रकार महासंघ दोलखा शाखामा पुनरावेदन गर्न पाउने समेत निर्णय गरेको छ ।






    निर्णय अनुसार आफू सदस्य हुन योग्य रहेको प्रमाणसहित निर्णय भएको मितिले १५ दिनभित्र पुनरावेदन गर्न पाउने छन् ।यसैवीच सदस्यता शुद्धीकरण समितिको २०७६ चैत्र १० गते वसेको वैठकको निर्णय अक्षरस पालना गर्ने निर्णय गर्दै पत्रकार महासंघमा महत्वपुर्ण योगदान पु¥याएका पाँचजना संस्थापकलाई मानार्थ सदस्यता दिने निर्णय पनि गरेको छ । जसमा शाखाका संस्थापक भोजराज न्यौपाने, प्रविण प्रधान, पुरुषार्थ श्रेष्ठ, विष्णु सुवेदी र राजेन्द्र कुमार श्रेष्ठ रहेका छन् यस्तै कार्यदलको जेठ १ गते बसेको बैठकको निर्णय अनुसार दीक्षण दैनिकका सम्पादक सिर्जन कुमार घिमिरे र गोरखापत्र राष्ट्रिय दैनिकका कैलाश लामालाई नयाँ सदस्यता प्रदान गर्ने सिफारिस समेत महासंघले अनुमोदन गरेको छ ।








    कार्यक्रममा कार्यदलका संयोजक चिरञ्जीवि मास्के,सदस्यहरु राजेन्द्र मानन्धर,सम्भु गौतम,रमेश खतिवडा र नेपाल पत्रकार महासंघ दोलखा शाखाका सल्लाहकार उद्धव पोखरेल लगायतले नेपाल पत्रकार महासंघ दोलखालाई विशुद्ध पत्रकारको साझा संस्था बनाउनको लागि गरिएको यो प्रयासलाई सकारात्मक रुपमा बुझेर सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।
    नेपाल नेपाल पत्रकार महासंघ दोलखा शाखाको मिति २०७६ माघ २८ गते बसेको ३० औ पूणर् बैठकले शाखाका पूर्व अध्यक्ष चिरञ्जिवि मास्केको संयोजकत्वमा सदस्यता शुद्धीकरण कार्यदल गठन गरी सदस्यता शुद्धीकरण र सदस्यता थप गर्ने जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो ।




    कार्यदलमा दोलखाका अग्रज पत्रकार राजेन्द्र मानन्धर,सम्भु गौतम,रमेश खतिवडा र लक्ष्मण खड्का रहनु भएको थियो । सदस्यता नवीकरण गर्ने निर्णय भएकाको नामावली
    १। जीवन लामा
    २। लक्ष्मण थामी
    ३। मन्दिरा थापा
    ४। निर्मला शिवाकोटी९विनिता०
    ५। शिवजी प्रधान
    ६। शेर बहादुर भुजेल
    ७। प्रभु जिरेल
    ८। फूर्वा तामाङ
    ९। नवराज शिवाकोटी
    १०। श्याम प्रसाद खतिवडा
    ११। सिर्जना थापा खड्का
    १२। गौतम जिरेल
    १३। राजेन्द्र मानन्धर
    १४। चिरञ्जीवि मास्के
    १५। शम्भु गौतम
    १६। उद्धव प्रसाद पोखरेल
    १७। लक्ष्मण खड्का
    १८। दिपशंकर चौलागाई
    १९। रमेश खतिवडा
    २०। केदार शिवाकोटी
    २१। सरद सापकोटा
    २२। बलराम खड्का
    २३। दिपक बस्नेत
    २४। सर्मिला बुढाथोकी
    २५। शिव कुमार भुजेल
    २६। अर्जुन दाहाल
    २७। गोरिमाया सुनुवार
    २८। दिल बहादुर केसी
    २९। विनिता सुवेदी
    ३०। गायत्री आचार्य
    ३१। रविन्द्र गौतम
    ३२। सिर्जना खड्का ९कार्की०
    ३३। बावुराम शर्मा
    ३४। केन्द्रज्योति खड्का
    ३५। प्रल्हाद आचार्य
    ३६। दिपक बस्नेत ९तामाकोसी गाउँपालिका०
    ३७। चन्द्र बहादुर खड्का
    ३८। लक्ष्मी बस्नेत
    ३९। सिर्जना गोले
    ४०। दुर्गा बस्नेत
    ४१। तारा बहादुर महत
    ४२। विमला बुढाथोकी
    ४३। निराशी थामी
    ४४। उषा तामाङ
    ४५। बलराम के।सी।
    ४६। राजन थामी
    श्रोत रेडियो शैलुङ्ग

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…