• लकडाउनले पारेको असरबारे प्रतिवेदन तयार पारिदै


    काठमाडौ । छिमेकी मुलुक भारतले आफ्नो मुलुकमा कार्यरत विदेशीलाई आ–आफ्नो मुलुक फर्काउने नयाँ रणनीति अवलम्बन गरेको छ । जसअनुसार पहिलो चरणमा मात्र करिव ५ लाख नेपाली स्वदेश फर्कने अनुमान गरिएको छ । गत केही दिनदेखि भारतबाट फर्किएको नेपालीहरुको सीमा क्षेत्रमा निकै ठूलो भीड बढेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेसका प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले सिमानामा अलपत्र नेपालीलाई तत्काल प्रवेश देउ, सरकार हुनुको दायित्व निर्वाह गर्न सरकारलाई आग्रह गरेका छन् । कांग्रेस प्रवक्ता शर्माले विज्ञप्ति जारी गरी कयौं नेपाली कयौं दिनदेखि भारतसँगको विभिन्न सिमा नाकामा अलपत्र स्थितिमा रहेको जनाएका छन् । पछिल्लो चौबीस घण्टामा थप हजारौं नेपाली सिमा क्षेत्रमा आइपुगेको विवरण नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा प्राप्त भएको भन्दै शर्माले भारत सरकारले रेल र बसमार्फत सुविधा दिएपछि भारतको विभिन्न शहरबाट नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउने बारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त छ भने कयौं नाकामा प्रवेश नपाएर नेपालीहरु अलपत्र स्थितिमा छन् ।

    शर्माले जोखिम रहित ढंगले नेपाल आएका नेपालीलाई प्रवेश गराउन सरकारले तत्काल गम्भीरतासाथ पहल गरोस् भनेका छन् । एकातर्फ खाने—बस्ने कठिनाइमा हजारौं नेपाली दसगजा क्षेत्रमा थप प्रताडित हुनेछन् भने अर्कातर्फ लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्नेछ । अतः नाकामा आइपुगेका सबै नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परिक्षण पश्चात् सुरक्षित रूपमा घर पु¥याउने प्रबन्ध गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ विज्ञप्तिमा उल्लेख छ ।

    लकडाउनको असर र सम्भावना
    त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना बिशेष समिति’ गठन गर्नुभएको छ । समितिमा पार्टी निकट विभिन्न क्षेत्रका लगानिकर्ता र रोजगारदाताहरु रहेका छन् ।

    उद्योगी एवं सांसद विनोद चौधरीको संयोजकत्वमा गठित समितिमा पूर्वमन्त्री दिपक खड्का, सांसद उमेश श्रेष्ठ, प्रदेश सांसद एवं उद्योगी ईन्द्र बानियाँ, पूर्व मन्त्री टेकबहादुर गुरुङ, उद्योगी कर्मा घले, पूर्व सांसद एवं निर्माण व्यवसायी जिप छिरिङ लामा, छत्र गिरि, सांसद एवं पार्टी केन्द्रिय सदस्य सूर्यबहादुर के.सी., सांसद मोहन आचार्य , सांसद तेजुलाल चौधरी , उद्योगी एवं पूर्व सांसद अनिल रुङ्गटा, बिष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ, खगेश्वर बोहरा हुनुहुन्छ ।

    गठित समितिले तत्काल कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीति बारे आवश्यक अध्ययन पश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रीत बिशेष समिति’ लाई सुझाव दिने छ । दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…