•  

    जेठ ७, काठमाडौं । हाल देशमा स्थानीय वायुको प्रभावसँगै अम्फान चक्रवातको अप्रत्यक्ष प्रभाव रहेको छ।

    चक्रवातको अप्रत्यक्ष प्रभावले मौसम बदलीसँगै पूर्वी भू–भागका धेरै स्थानहरु, मध्य भू–भागका केही स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।

    साथै हिमाली भू–भागहरुमा हिमपातको समेत सम्भावना रहेको छ । यसको कारणले खोलानालाहरुमा जलप्रवाहमा समेत बढोत्तरि हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

    हाल देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश का सबै भू–भाग लगायत प्रदेश नं ५ को केहि स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ भने बाँकी सबै भू–भागमा सामान्य बदली रही थोरै स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    बुधबार देशको पूर्वी भू–भागहरुमा पूर्ण बदली तथा मध्य भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ। पूर्वी भू–भागका धेरै स्थानहरु, मध्य भू–भागका केही स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। पूर्वी तथा मध्य उच्च हिमाली भू–भागका केही स्थानहरुमा साथै पश्चिमी उच्च हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत सम्भावना रहेको छ।

    बिहीबार पनि देशको मध्य तथा पूर्वी भू-भागहरुमा पूर्ण बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू–भागका केहि स्थानहरु र पश्चिमी भू–भागका १–२ स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ।

    शुक्रबार देशको पूर्वी भू–भागहरु लगायत मध्य र पश्चिमी पहाडी भू–भागमा सामान्यतया बदली रहि बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू–भागका केहि स्थानहरु साथै मध्य र पश्चिमी पहाडि भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…