• १ असार काठमाडौ । वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७ ०७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट ल्याएको छ ।

    आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बजेट प्रस्तुत गर्नुभएको हो । बजेटले स्वास्थ्य कृषि र पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकता दिएको छ ।यो वजेट चालु आर्थिक वर्षको बजेट भन्दा चार अर्व रुपैयाँ भन्दा बढीको बजेट हो ।


    संघीय सरकार र अरु प्रदेश सरकारको बजेट घटेको समयमा बागमती प्रदेश सरकारले भने आउँदो आर्थिक बर्षका लागि थप रकमको बजेट ल्याएको हो । चालु आर्थिक वर्षको प्रदेश सरकारको बजेट ४७ अर्ब ६० करोडको थियो । तर आउँदो आर्थिक वर्षमा बजेट बृद्धी भएको हो ।

    बागमती सरकारले बाबुआमा नभएका टुहुरा बालबालिकाहरुलाई मासिक २ हजार रुपैँया भत्ता दिने भएको छ ।बागमती प्रदेश सरकारले आज प्रदेश सभा बैठकमा अर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुतीका क्रममा बागमती प्रदेश का अर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बाबुआमा नभएका बालबालिकाहरुलाई प्रदेश सरकारले मासिक २ हजार भत्ता दिने बताएका हुन ।

    बागमती प्रदेश सरकारले कोभिड १९ का कारण उद्योग तथा पर्यटन क्षेत्रमा परेको प्रतिकुल असरलाइ व्यवस्थापन गर्न स्वास्थ्य सुरक्षा सुदृढ गरी नीजि क्षेत्रको सहकार्यमा अनुकुल वातावरण तयार गर्दै अवरुद्ध भएका घरेलु तथा साना उद्योगहरु तत्काल संचालनमा ल्याउन र नवउद्यमीहरुका लागि उद्यम उद्योग स्थापना गर्ने भएको छ ।

    यस्ता उद्योग स्थापना तथा संचालनका लागि “उद्यमीको हात प्रदेश सरकारको साथ” कार्यक्रम अन्तरगत सहुलियत व्याजदरमा वित्तीय संस्था मार्फत ऋण उपलव्ध गराउने भएको छ ।

    वर्षेनी श्रम वजारमा आउने जनशक्ती, विदेशवाट फर्किएका युवा, महिला, वेरोजगार, गरीब समुदायहरुलाई सानो लगानी गरी छीटो उत्पादन हुने तथा स्थानीय र स्वदेशी कच्चा पदार्थहरुको समुचित प्रयोगवाट लघु कुटिर उद्यम संचालनका लागि प्रदेश सरकारको स्विकृत कार्यविधि अनुसार हरेक स्थानीय तहमा ३० लाखको “प्रदेश सरकार लघु उद्यम कोष” स्थापना गरी मेरो उद्यम, अति उत्तम कार्यक्रम” संचालन गरीने आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेलले वताउनुभयो ।

    मेरो उद्यम, अति उत्तम कार्यक्रमका लागि महानगरवाहेक ११६ वटा स्थानीय तहका लागि ३४ करोड ८० लाख रकम विनियोजन गरिएको छ । यो कार्यक्रमवाट ३ हजार ४ सय ८० वटा उद्यम स्थापना भई ६ हजार ९ सय ६० रोजगारी श्रृजना हुने अपेक्षा रारिएको छ ।


    आफ्नै श्रोत आफ्नै उद्यम” भन्ने सोचका साथ कृषि, फलफूल, जडिवुटी, हस्तकला वनमा आधारित घरेलु तथा साना उद्योगको संचालनमा सहयोग प्रोत्सहानका लागि प्रविधि हस्तान्तरण गर्न ७ करोड ३२ लाख विनयोजन गरिएको छ । प्रविधि हस्तान्तरण कार्यवाट ७३२ वटा उद्योगको स्तर पुँजीवृद्धि भई १४६४ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्नेछन ।

    प्रदेश भित्रका विपन्न तथा गरीब समुदायका महिला, दलित युवाहरुलाई स्वरोजगार वनाउन लघुउद्यमी संघको सहकार्यमा ४१० जना नयाँ उद्यमी श्रृजना र २७५ जना उद्यमीलाइ स्त्तरन्नतीका लागि रकमको व्यवस्था गरिएको मन्त्री ढुंगेलले वताउनुभयो ।


    रोजगारी तथा दक्ष औद्योगिक जनशक्ति उत्पादन गर्न प्रविधि सहितको प्राविधिक तालिमको व्यवस्था मिलाएको छ । प्रविधि सहितको प्राविधिक तालिमवाट २०० जना दिक्षीत भई रोजगारी प्राप्त गर्ने विश्वास लिइएको छ ।

    मकवानपुरको मनहरीमा प्रदेश औद्योगिक क्षेत्र स्थापनाको कार्य प्रारम्भ भएको आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेलले वताउनुभयो ।


    आज प्रदेशसभामा बजेट प्रस्तुत गर्दै उहाँले मनहीमा कागज उद्योग स्थापना गर्ने वताउनुभयो । वातावरणीय अध्ययन र जग्गा प्राप्तिको प्रकृया तत्कालै पुरा गरी प्रदेश औद्योगिक क्षेत्र पुर्वाधार निर्माण प्रारम्भ गर्न वजेट विनियोजन गरेको उहाँले वताउनुभयो ।

    रुग्ण तथा संचालनमा नरहेका उद्योगहरु संचालनका लागि संघीय सरकारसँग समन्वय गरी संचालनमा ल्याउन कार्यक्रम प्रस्ताव गरिएको छ । “एक स्थानीय तह एक उद्योग ग्राम” कार्यक्रम अन्तरगत पहिचान भएका स्थामा पाँच वटा उद्योग ग्रामको पुर्वाधार निर्माण गर्न र थप दश उद्योग ग्रामको सम्भाव्यता अध्ययन, वातावरणीय अध्ययन र जग्गा प्राप्ती कार्य समेतका लागि ११ करोड रकम विनियोजन गरिएको छ ।

    उपभोक्ता हक हित संरक्षणका लागि कोभिड १९कोरोना भाइरसको त्रास रहेको अवस्थामा समेत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन चुस्त बनाउन बजार अनुगमनलाइ वजेट प्रस्ताव गरिएको उहाँले वताउनुभयो ।


    एक स्थानीय तह एक सुपथ मूल्य पसल कार्यक्रम अन्तरगत स्थानीय तहको सहकार्यमा एउटा जिल्लामा एउटा सुपथ मुल्य पसल स्थापना गर्नका लागि वजेटको व्यवस्था गरेको छु । यस कार्यक्रमलाइ आगामी वर्षमा समेत निरन्तरता दिई प्रदेश भित्रका सबै स्थानीय तहमा क्रमश विस्तार गर्ने गरी कार्यक्रम तय गरिएको छ ।



    जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यलयवाट वस्तु विकास तथा प्रशिक्षण कार्यक्रमरत्न पत्थर(धादिङ्ग, ढाका बुनाई(नुवाकोट, काष्ठकला र धातुकला, ललितपुर, बाँस निगालो(सिन्धुली, हाते कागज सिन्धुपाल्चोक,दोलखा संचालन गर्ने व्यवस्था मिलाएको छु । यो कार्यक्रमवाट १०० जनाले व्यवासाय शुरुवात गर्ने अपेक्षा लिएको छ ।

    आफ्नै ठाँउ नभएका उद्यमीलाइ एकै स्थानमा वसी उद्यम संचालन गर्न साझा सुविधा केन्द्र निर्माण र उद्यमीको उत्पादनको सहज विक्रीका लागि वजार घर निर्माण कार्यलाइ निरन्तरता दिन आवश्यक रकम विनियोजन गरेको छु । यो कार्यक्रमवाट ३०० जना उद्यमीहरु उद्यम तथा उत्पादनमा सहभागी भइ स्वाबालम्बी हुनेछन ।


    परम्परागत ज्ञान र सीपको संरक्षण, प्रवर्धन गर्न एवं गरीब, विपन्न, महिला, दलित जस्ता समुदायले उत्पादन गरेका उपजहरुको उत्पादन तथा वजारीकरणमा टेवा पुर्याउन स्थानीय तहको सहकार्यमा सबै जिल्लामा कोशेली तथा घरेलु उपज विक्री केन्द्र स्थापनाका लागि रु ३ करोड विनियोजन गरिएको छ ।



    प्रदेश भित्र स्थापन गर्ने गरी कागज उद्योग र जडीवुटी प्रशोशधन उद्योगको स्थापनका लागि आर्थीक विश्लेषण र जग्गा प्राप्तीका लागि रकम व्यवस्था गरेको छु । चेपाङ्गका लागि चिउरी कार्यक्रम अन्तरगत चिउरी खेती र चेपाङ्ग समुदायको सहभागितामा चिउरी प्रशोधन उद्योग स्थापनाका लागि रकम व्यवस्था गरिएको छ । यसरी उद्योग क्षेत्रको विकासका लागि समग्रमा रु ८२ करोड विनियोजन गरिएको छ ।रामेछाप न्युज

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…