•  

    विराटनगर । प्रदेश १ सरकारले कोभिड – १९को रोकथाम, नियन्त्रण र उपचार एवम् भविष्यमा आउन सक्ने विभिन्न महामारी केन्द्रीत बजेट ल्याएको छ ।

    प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रदेशसभामा पेश गर्नुभएको बजेटमा कोरोना विरुद्ध लड्ने र स्वास्थ्य पूर्वाधार विकासका कार्यक्रम धेरै समेटिएका छन् ।

    विराटनगरमा रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गर्न ५० करोड विनियोजन गरिएको छध । यस्तै प्रादेशिक मेची अस्पतालको सेवाको गुणस्तर सुधार गर्न सिटी स्क्यान, हेमोडायलसिस सेवा र थप भेन्टिलेटर सहितको सुविधायुक्त सघन उपचार कक्ष सञ्चालनको लागि २३ करोड विनियोजन गरिएको छ ।

    धनकुटा प्रादेशिक शिक्षण अस्पतालको स्थापनार्थ विस्तृत संभाब्यता अध्ययन र पूर्वाधार विकासका लागि आवश्यक रकम विनियोजन गरेको मन्त्री आङ्बोले बताउनुभयो । यस्तै हाल ५० शैया सञ्चालित जिल्ला अस्पतालहरूमा प्रयोगशाला सुदृढीकरण, भेन्टिलेटर सहितको सघन उपचार कक्ष, अक्सिजन प्लान्ट सहितको गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालनको व्यवस्था गर्नै र २५ शैया सम्मका अस्पतालहरूलाई स्मार्ट अस्पतालमा रुपान्तरण गर्ने बजृेटमा उयल्लेख छ । ती अस्पातालहरूको सुदृढीकरण र सेवा विस्तारका लागि १ अर्व १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    प्रदेश जनस्वास्थ्य प्रयोगशालाको क्षमता अभिवृद्धि गर्न, भवन निर्माण, अत्याधुनिक पिसिआर मेसिन र उपकरणहरूको प्रबन्ध गर्न ६ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ । दातृ निकायको सहयोगमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ ।

    आयुर्वेद, होमियोप्याथी र प्राकृतिक चिकित्सा सेवा सञ्चालनका लागि प्रदेश नेचुरोप्याथी अस्पताल सञ्चालनका लागि आवश्यक रकम प्रबन्ध गरिएको र सर्पदंश उपचार केन्द्रका लागि भेन्टिलेटरको व्यवस्था गरिएको बजेटमा उल्लेख छ । अनुबंशिक अपांगता (हेमोफिलिया) भएका व्यक्तिहरूका लागि एन्टिहेमोफिलिक फ्याक्टरको व्यवस्था गरी जीवन रक्षा गर्न १ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

    गर्भवती, प्रसुती, र नवजात शिशु समेतलाई उत्कृष्ट सेवा प्रदान गर्न स्थानीय तहसँगको समन्वयमा ग्रामीण स्वास्थ आमा कार्यक्रमको लागि ५ करोड तथा आपतकालीन व्यवस्थापनका लागि हवाई उद्दार गर्न आवश्यक बजेट व्यवस्था गरिएको छध । नसर्ने रोगको रोकथाम तथा रोगको निदान र जीवनशैली परिवर्तन सम्बन्धी समुदायमा आधारित कार्यक्रम स्थानीयतहसँगको सहकार्यमा प्रारम्भ गर्न स्वस्थ जीवन प्रबर्ध्दन कार्यक्रमको लागि पनि बजेटको व्यवस्था गरिएको छ ।

    उदयपुरको कटारी, झापाको दमक र सुनसरीको इटहरी अस्पतालको क्षमता अभिवृद्धि गर्ने बजेट बिनियोजन गरेको र प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रमको लागि १ करोड ५० लाख विनियोजन गरिएको छ । यस्तै मोरङ्गको मंगलबारेस्थित मंगलबारे अस्पताललाई प्रदेशकै गौरवको आयोजनाको रुपमा स्तरोन्नती गर्ने घोषणा गरिएको छ ।

    स्वास्थ्य सेवा प्रबाहलाई प्रभावकारी रुपमा संचालन गर्न प्रदेशभर डिजीटल हेल्थ तथा टेलिमेडिसिन सेवाको पहुँच बिस्तार गर्ने र कोभिड १९ को रोकथाम नियन्त्रण, उपचारर राहतको लागि गठित कोरोना जनसुरक्षा कोषमा पर्याप्त बजेटको व्यवस्था गरेको मन्त्री आङ्बोले बताउनुभयो ।

    बजेटको पूर्णपाठ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…