• सिन्धुपाल्चोक, असार २६ गते । दुई दिनदेखिको लगातार बर्षाका कारण भोटेकोशी, सुनकोशी नदीमा भीषण बाढी आएका कारण स्थानीयहरु घर छाडेर खेतबारीमा गएर बस्न थालेका छन् । बाढीका कारण नदी आसपासका उच्च जोखिममा परेका छन् । नदी आसपासका स्थानीय घरबाट सामान झिकेर सुरक्षित स्थानमा जान थालेका छन् ।

     

    भोटेकोशीमा भीषण आएको बाढीले बाह्बिसे नगरपालिका ३ खोर्सानीबारीमा बाढी बस्तीमा पसेको छ । सो नगरको वडा नं ४ र ९ का बाह्रबीसे बजार, राम्चे बजार उच्च जोखिममा परेको छ । उक्त बजारका घरका जगमा नै बाढी पसेको छ । बाह्बिसे नपा ९ राम्चे बजारका कमल लामाले बाढी घरको आँगनमा नै आएको गुनासो गर्नुभयो । सो कारण घर छाडेर अन्यत्र हिड्नु परेको उहाँले दुःख ब्यक्त गर्नु भयो । हिउदँमा राम्चे बजार संरक्षणका काम नगर्दा बाढी घरभित्र पस्न थालेको स्थानीयले बताएका छन् ।

     

    बर्षेनी बाढीले उक्त बजारहरुमा बितण्डा मच्चाउँदै आएको स्थानीयहरुले जनाएका छन् । भोटेकोशी र सुनकोशी नदीमा आएको बाढीले तल्लो तटीय क्षेत्र लामोसाँघु बजार, खाडीचौर बजार, अमलटार, कोठे, बलेफी उच्च जोखिम परेको छ । बलेफी गाउँपालिका ८ का राजु श्रेष्ठका अनुसार लामोसाँघु बजारको १५ घर बग्ने अबस्थामा रहेको छ । बजार संरक्षणका लागि लगाइएका प्लम्ब डलान, जाली गारो बाढीले बगाएको छ ।

     

    बलेफी गाउँपालिका ७ खाडीचौरका डेढ सय बढी घर सुनकोशी नदीको बाढीले छोएको छ । सो बजारका नारायणकृष्ण बोहराका अनुसार बाढी बजारका घरका जगमा पस्न थालेको छ । सो बजारबासीहरु सुरक्षित स्थानतर्फ जान थालेका छन् । निरन्तर परिरहेको बर्षाका कारण उक्त नदीको बाहव बढिरहेको छ । नदीमा बाढी बढ्न थालेपछि सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले नदी आसपासका स्थानीयलाई आग्रह गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…