• भोक , दूध र मेरो स्तन
    ---*---

    यो मेरो त्यही स्तन हो?
    जसलाई तिमी हरेक समय घोरिएर हेरिरहन्छौ ,
    खेतको आलिमा ।
    बाटोमा हिड्दा कम्पनिमा काम गर्दा ,
    अफिसमा सफाइ गर्दै गरेको समयमा
    म निहुरिने समय घोरिइ रहन्थ्यौं ।
    ताकी तिमी मेरो बस्त्र लाई देखेर
    मेटाउन सकोस् ,
    आफ्नो खराब बिचार
    ताकी तिमी मेरो ब्रा बाट बाहिर निस्किएको
    मासुको डल्ला लाई देखेर
    मेटाउ सकोस् ,
    आफ्नो बासनापुर्ण आँखाको प्यास ।

    आज मेरो यो स्तन जब
    भोक को कारण सुकिरहेको छ ।
    यसमा दूध नबनेको कारण
    तिमिले हेर्न पनि छोड्दियौं ,
    आज मेरो जन्मिएको बच्चा ,
    दूध बिना नै ,
    चिच्याई रहेको छ ।

    रोटिको लागि मेरो शरीर
    मेरो रगत को अन्तिम थोपा सम्म ,
    दिनदिनै सुक्दै छ ।
    मेरो सुक्दै गरेको निप्पल मुखमा
    तानी रहेको छ मेरो बच्चा
    आफ्नो आँसु ले मेरो स्तनलाई
    भिजाउने कोशिश गरिरहेको छ ।
    र साथमा असम्बेदनशिल अन्यायी
    ब्यथा ले रोटिको अनुरोध गर्दै छ ।

    यदि तिम्रो आँखामा सम्बेदना छ भने
    एक पटक फ़ेरि हेर ,
    मेरो बच्चालाई ,
    उसको आँखालाई ,
    उसको सुकेको ओंठमा गाडिएको
    मेरो सुख्खा निप्पल लाई
    उसको स्वर्ग जस्तो आमा
    दूध बिहिन सुख्खा स्तन हेर्नुहोस ।

    र फ़ेरि अन्तिममा गरिबिको महामारी बाट
    एक ममतामयी आमाको मृत्यु भएको छ ,
    सुकेको प्राणहिन शरिरलाई ।
    यदि तपाईं हेर्न सक्नुहुन्छ भने
    एक पटक हेर्नुहोस् ।।
    ********

    santosh सन्तोष कार्की मौसुफ

     

    सन्तोष कार्की मौसुफ

    ठेगाना उदयपुर नेपालटार

    साथिहरु पोस्ट कस्तो लाग्यो…

सम्वन्धित समाचार

"त्याग्नु पर्छ" नरेशले मानेको, धर्म मात्र, राष्टको धर्म मान्नेहरुलाई, नरेशले बोलेको, भाषा मा…

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केपी ओली शर्माप्रति व्यग्य गर्दै कविता सुनाएका छन्। माधव नेपाल…

युबराज बाउन नेउपाने जति रिसाए पनि जति खुसाए पनि मेरो मन भित्र को तिमी तिम्रो मन भित्र को म तिमी…

गरिबको छोरी  --*-- १४ बर्षिय उर्मिला छिमेकीको घरमा चुलाचौका बडारकुडार गरेर आफ्नो घरमा आइन् ।&nbs…